सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा १३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८,६१३ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १३० जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७५ जनाले कोरोना जितेका छन्।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार १२८ पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको १७ हजार नौ सय ३ रहेको छ।

संक्रमित शून्य भएका जिल्लाको संख्या ६ पुगेको छ । पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ छन् ।

पाँच सय भन्दा बढी संक्रमित भएका जिल्लाको संख्या तीन रहेको छ । रौतहट, कैलाली र बाजुरामा बढी संक्रमित भेटिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »