काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १३९ जना संक्रमित थपिएका हुन्।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ७५२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२६ जनाले कोरोना जितेका छन्।
योसँगै डिस्चार्ज हुनेको कुल संख्या १३ हजार ७५४ पुगेको छ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १६,३७९ रहेको छ।