सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

२४ घण्टामा २१० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार २७३ पुग्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप २१० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा २१० जना संक्रमित थपिएका हुन्।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ ।

मंगलबारसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ५ जहार ३६० रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४६ जनाले कोरोना जितेका छन्। यो ७२.७ प्रतिशत हो।

योसँगै डिस्चार्ज हुनेको कुल संख्या १४ हजार २१ पुगेको छ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या १४,४७१ रहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »