निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

२५ गतेपछि लकडाउन खुकुलो पार्ने सरकारको संकेत

काठमाडौं । सरकारले वैशाख २५ गतेदेखि लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले शुक्रबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समिति बैठकमा दैनिक जीवनयापन सहज हुने गरी लकडाउन खुकुलो हुने संकेत गरेका छन्।

‘‘दीर्घरोगी अस्पतालको सेवाबाट वञ्चित हुने, लकडाउनका कारण घरमा बिरामी भए अस्पतालसम्म पुर्‍याउन नसकिने अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्सलाई एकीकृत बनाएर कसरी सेवा दिन सकिन्छ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।” उनले भने।

बन्दाबन्दी विगतको भन्दा नयाँ ढंगले जानुपर्ने भन्दै उनले अब सहजीकरण गर्दै जाने तयारी रहेको बताए । कृषि, उद्योगधन्दाहरु र अरु विभिन्न विषयमा अतिरिक्त महत्त्वपूर्ण कुराहरुका विषयमा विचार पुर्‍याउने पनि उनले बताए ।

सरकारले गत चैत ११ देखि देशैभर जारी गरेको लकडाउन पटक-पटक गरी वैशाख २५ गतेसम्मका लागि पुर्‍याएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »