सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

४–५ महिनादेखि ९ वर्षीया बालिकालाई यौन शोषण गरेको आरोपमा भूतपूर्व भारतीय सैनिक पक्राउ

कास्की। ९ वर्षीया बालिकालाई महिनौंदेखि यौन शोषण गरेको आरोपमा प्रहरीले एक भूतपूर्व भारतीय सैनिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार बालिकालाई यौन शोषण गरेको आरोपमा ५५ वर्षीय रेश बहादुर गुरुङ पक्राउ परेका हुन् ।
स्याङ्जा बिरुवा गाउँपालिका–७ घर भई हाल कास्की पोखरा महानगरपालिका मिलनचोक बस्ने गुरुङलाई सोमबार पक्राउ गरिएको एसपी श्रेष्ठले बताए ।

गुरुङले विगत ४–५ महिनादेखि बालिकालाई ललाईफकाई यौन शोषण गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीको दाबी छ ।

यसबारे थप अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जनाएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »