निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

७ देखि ८ हजारसम्म स्थायी शिक्षक रिक्त : शिक्षक सेवा आयोगले छिट्टै विज्ञापन गर्ने

शिक्षक सेवा आयोगले रिक्त स्थायी शिक्षकका लागि विज्ञापन गर्ने अन्तिम तयारीमा रहेको जनाएको छ ।

सबै जिल्लाको रिक्त र बढुवाको एकिन विवरण शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आयोगमा आउन वित्तिकै आयोगले गर्ने आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए । उनले शिक्षक लाइसेन्सको नतिजा सकिने बित्तिकै स्थायी शिक्षकको विज्ञापन गर्ने तयारीमा रहेको बताए । ‘आयोगले विज्ञापन तत्कालै खोल्ने हो, हामीलाई के छ भने, हाम्रो कुन कुन जिल्लामा कति सिट खालि छ, खुला तर्फको अनि बढुवा के कति छ भने, शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट आउँछ’, सूचना अधिकारी आचार्यले एस काठमाडुसँग भने, ‘केन्द्रबाट त्यो सिट संख्या हामी कहाँ आउछ अब त्यो आउने क्रममा छ, त्यो आईसकेपछि विज्ञापनको कुरा अगाडी बढछ ।’

उनका अनुसार स्थायी शिक्षकको विज्ञापन पनि तहगत गरिने बताए । आयोगले केन्द्रलाई पत्र पठाई सकेको भन्दै उनले अब जति सक्दो छिटो केन्द्र आफुहरुलाई रिक्त संख्या पठाउने बताए । ‘यो नियमित काम हो, अब उहाँहरुले पनि पठाउनु पर्ने काम हो, जहाँसम्म उहाँहरुले छिटै पठाउनु हुन्छ’, उनले भने । शिक्षक बढुवा र खुला विज्ञापन सँगसँगै गर्न सकिने पनि उनले बताए । ‘नयाँ नियमावलीले नियमावली लागु भईसकेपछि छ महिनाभित्र बढुवा गरिसक्नु पर्ने भनेको छ’, उनले भने, ‘तर यो बुढवा र खुला विज्ञापन सँगसँगै हुनसक्छ या दुई चार दिन तलमाथि पनि हुनसक्छ ।’

सूचना अधिकारी आचार्यले माध्यामिक, निम्न माध्यामिक र प्राथमिक तह गरि झण्डै ७ देखि ८ हजारसम्मको संख्यामा विज्ञापन गरिने बताए । ‘अब हामीले त अनुमान नै गर्ने हो, उमेरको कारणले अवकाश हुने भनेको २ देखि ३ प्रतिशत नै हो जम्मा दरबन्दीको, अब अन्य कतिपय जिल्लामा शैक्षिक रुपमै राजिनामा दिएका हुन्छन्, ठाक्कै अहिले यति नै भन्न सकिदैँन्’, उनले भने, ‘तर हाम्रो मोटामोटी अनुमान भनेको ७ देखि ८ हजारसम्मको संख्यामा हो, तर यो तर हाम्रो एकिन र आधिकारीक तथ्याङ्ग होइन् अनुमान मात्रै नै हो ।’

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »