सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अखिल क्रान्तिकारीको ईन्द्रावती गाउँपालिका स्तरीय भेला सम्पन्न दिपक दनुवारको नेतृत्वमा नयाँ कार्यसमिति गठन

सिन्धुपाल्चोक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सिन्धुपाल्चोक जिल्ला अन्तरगत ईन्द्रावती गाउँपालिका स्तरीय भेला बागमती प्रदेश शभा सदस्य तथा पुर्व समाजिक बिकास मन्त्री युवराज दुलाल (शरद) को प्रमुख आतिथ्यमा ईन्द्रावती गाउँपालिका वडा नं ७ श्री राजेश्वरी मा.वि.सिपापोखरेमा सम्पन्न भयो ।
सिन्धुपाल्चोक जिल्लाको माओवादी नेता अशोक , सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समिति अध्यक्ष ठुलोबाबु श्रेष्ठ , स्थानिय नेताहरु बिर बहादुर तामाङ , नुर बहादुर सापकोटा (मनोज),केदार आचार्य, शिक्षक संगठनका प्रताप सिं तामाङ, वाई सि एल का प्रलाद चौलागाईँ, विद्यार्थी नेताहरु क्षितिज तामाङ,तोक बहादुर तामाङ,हरी पौडेल,मेनुका कटुवाल, सबिना गौतम, सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिका मनि कुमार श्रेष्ठ(मनिष), भिमसेन काफ्ले लगायत नेता कार्यकर्ता हरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमले दिपक दनुवारको नेतृत्वमा ७ बिभागिय ईन्चार्ज सहितको ३५ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । जसमा सचिवमा संजिव तामाङ, उपाध्यक्षमा सूजन गिरी, भवानि गौतम ,रामकुमार रोक्का रहेका छन्।
ईन्द्रावती गाउँपालिकामा रहेका १२ वटा विद्यालय र २ वटा क्याम्पस मध्य अधिकांश ठाउँमा आफ्नो ईकाइ गठन भईसकेको भेला आयोजक समितिले जनाएको छ ।
कार्यक्रममा बोल्ने क्रममा बक्ताहरुले विद्यार्थी राजनितिबाट सत्ता सन्चालनमा पुगेका हरुबाट मात्र परीवर्तन सम्भव भएको भन्दै पढाई संग संगै राजनितिलाई पनि बुझेर अगाडी बढ्न आम विद्यार्थी हरुलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पुर्व मन्त्री दुलालले सर्टिपिकेटको भारी बोक्नको लागि मात्र होईन जिबनमा कामलाग्ने प्राबिधिक र ब्यबहारीक अनि वैज्ञानिक शिक्षा हासिल गर्नु आजको आवस्यकता रहेको बताउनु भयो ।
मन्त्री दुलालले देशले राजनैतिक चेतना सहितको विद्यार्थी नेतृत्वको माग गरीरहेको ले त्यसकै म्यान्डेट अनुसार कार्ययोजना बनाएर अगाडी बढ्न आग्रह समेत गर्नु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »