सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अग्रिम बुकिङ्ग टिकट रकम फिर्ता गर्न नागरिक उड्डयन प्राधिकरणको निर्देशन

काठमाडौँ / १३ असार
लकडाउनका कारण उपयोग नभएका टिकटको रकम यात्रुलाई फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । कोभिड– १९ सङ्क्रमणका कारण उडानमा लागेको प्रतिबन्धका कारण पहिले नै टिकट काटेका कतिपय यात्रुले त्यसबापतको रकम फिर्ता नपाएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले नेपाल वायुसेवा निगमसहित अन्तर्राष्ट्रिय उडान गरिरहेका १७ वटा वायुसेवा कम्पनीलाई टिकट मूल्य फिर्ता गर्न निर्देशन दिएको छ । प्राधिकरणले एयर अरेबिया, एयर चाइना, एयर इन्डिया, क्याथे ड्रागन, इतिहाद एयरवेज, फ्लाई दुबई, मलेसिया एयरलाइन्स, मालिन्दो एयर, टाटा एसआईए, ओमन एयर, कतार एयरवेज, थाई एयरवेज, टर्किस एयरलाइन्स, थाई लायन, सिचुआन एयरलाइन्स, सिल्क एयरको नेपालस्थित कार्यालयलाई उल्लेख गर्दै टिकट रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

टिकट रकम नपाउँदा यात्रु प्रभावित भएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । चैत ४ गते नेपालले नियमित किसिमका अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो जुन असार महिनाभर जारी रहनेछ । चैतअघि नै टिकट काटेका यात्रुले भने अहिलेसम्म टिकट रकम फिर्ता पाएका छैनन् ।

भर्खरै

सम्बन्धित खबर

Language »