सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अदालतको आदेश वमोजिम २५ हजार धरौटीमा छुटे पूर्वसचिव उपाध्याय

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।उनि २५ हजार धरौटी बुझाएर छुटेका छन्।

अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सोमबार उपाध्यायलाई धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

‘उनले धरौटी बुझाइसकेका छन्,’ जिल्ला अदालतका एक कर्मचारीले भने ‘कागजपत्र गर्दै हुनुहुन्छ।’

सामाजिक सञ्जालमा धार्मिक आस्थामाथि प्रहार गरेकाे र सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको र प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा यही वैशाख १० गते उपाध्याय पक्राउ परेका थिए । पूर्वसचिव उपाध्यायविरुद्ध आइतबार साइबर क्राइमको मुद्दा दर्ता भएको थियो । उनलाई ५ वर्षसम्म कैद सजाय दिन माग गरिएको थियो ।

यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »