सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड “पदका निम्ति प्रतिस्पर्धा हुने गरेको गुनासाे”

काठमाडौँ । योङ कम्युनिस्ट नेपालको दोस्रो राष्ट्रिय भेलाको नेकपा (माओवादी) को अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतित्थ्यतामा उदघाट्न भएको छ ।

राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा आज नेकपा (माओवादी) को अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले योङ कम्युनिष्ट लिग नेपालको युवा दस्तालाई निर्वाचनमा कसरी बढ्ने भन्ने सम्बन्धमा विशेष निर्देशन दिने भएको छ ।


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा संघर्षमा जान होइन, पदका निम्ति प्रतिस्पर्धा हुने गरेको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गरे ।

तर आजभोलि नमिठो अनुभव हुन थालेको भन्दै उनले भने, ‘मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ ।’

भेलामा भुगोल तथा गैरभुगोल जिल्ला, प्रदेशहरुबाट ६ सय जना प्रतिनिधि सहभागी छन् । जसमा केन्द्रीय समितिबाट १९६ जना, प्रत्येक जिल्लाहरुबाट ३, ३ जना गरि २५२ जना, प्रदेश कमिटीबाट ३५ जना, तीन ओटा आयोगबाट ५२ जना, केन्द्रीय प्रतिनिधि १६ जना, ५५ केन्द्रीय कार्यालयबाट मनोनीत गर्ने र विभिन्न एकता प्रक्रियाबाट २१ जना प्रतिनिधि सहभागी रहनेछन् । भेलाको भव्य र ऐतिहासिक बनाउन भेला आयोजक मुल समिति, राजनीतिक प्रतिवेदन उपसमिति, भेला व्यवस्थापन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति र प्रचारप्रसार उपसमिति निर्माण गरि परिचालन गरिएको छ । भेलाको आर्थिक व्यवस्थापनका लागि प्रत्येक प्रतिनिधिहरुलाई एक हजार शुल्का, प्रदेश र जिल्लाका लागि आर्थिक कोटा निर्धारण गरि व्यवस्थापन गरिने छ

भर्खरै

सम्बन्धित खबर

Language »