सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भएका छन् । मौसमी रुघाखोकी लागेपछि उनी खुमलटारस्थित निवासमै आरामरत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार प्रचण्डले केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागीता नजनाउने भएका छन् ।

‘उहाँलाई सामान्य रुघाखोकी लागेको हो । तरपनि केही दिन भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागी नहुने हुनुभएको छ’, स्रोतले भन्यो ।

आजै प्रचण्डले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

नेकपाका दुई अध्यक्षमध्ये एक अध्यक्ष अस्पतालमा र अर्का अध्यक्ष प्रचण्ड पनि अस्वस्थ भएपछि केही दिन खुमलटारमै रहने भएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »