सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अध्यक्ष माेक्तानकाे नयाँ म्युजिक भिडियाे सार्वजनिक हुँदै (भिडियाे सहित)

काठमाडौँ । तामाङ सांगीतिक क्षेत्रमा र तामाङ चलचित्र क्षेत्रमा रोशी गाउँपालिकाको अध्यक्ष डिभी मोक्तान अपरिचित नाम होइन । लामो समय चलचित्र क्षेत्रबाट टाडा रहेका अध्यक्ष मोक्तानले कार्तिक ६ गते सन्देश मुलक तामाङ गीत रेकर्ड गरेर चाँडै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा जुटिरहेका छन् ।

सगु सरगम रेकडिङ बौद्धमा रेकर्ड गरिएको यो गीतले तामाङ समुदायको यथार्थ विषय वस्तुलाई चित्रण गर्न खोजिएको छ । तामाङ समुदायमा मृत्यु पछि जन्म दिने आमा र कर्म दिने आपाको नाममा विभिन्न बौद्ध विहारमा गएर दान दक्षिण दिने संस्कार रहेको छ । अध्यक्ष मोक्तानले रचना गरिएको गीतले यी सबै कार्यको विरोध गरेको छ । धर्मको नाममा मृत्यु पछि बा आमाको नाममा खर्च गर्नु अनावश्यक रहेको सन्देश दिन खोजिएको छ ।

हामी सबैले यो संसार छाडेर जानु पर्छ नै तर जन्म दिने बा आमालाई नै भगवान ठानेर सेवा गर्नु पर्ने अध्यक्ष मोक्तानको दाबी रहेको छ ।


मृत्यु पछि को कहाँ पुग्छ कस्ले देखेको छ तर ज्युदो अबवस्थामा नै बा आमाको इच्छा पुरा गर्न सकेमा त्यो भन्दा ठुलो धर्म अरु नहुने अध्यक्ष मोक्तानको भनाई छ ।


जीवनको महत्वपुर्ण भोगाई, रोशी गाउँपालिकाको अविभावक अनि युवाहरुको लागि प्रेरणको स्रोतका रुपमा स्थापिट अध्यक्ष डिभी मोक्तान समाजको यथार्थसँग भिजेर काम गर्न रुची राख्ने व्यक्ति हो ।


नेपालमा मात्र होइन विश्व इतिहासबाट नै वृद्घाआश्रामको अवधारणा अन्य हुनुपर्छ भन्ने विचार बोकेका अध्यक्ष मोक्तान अहिले आमा बुबाको वास्ताविक माया अनि सन्तानले निर्भाह गर्नुपर्ने दायित्वकोबारेमा गीत रेकर्ड गरि म्युजिक भिडियोको माध्यमबाट सबैको सामु चेतना वृद्धि गर्न खाेजिरहेका छन् ।

for video

भर्खरै

सम्बन्धित खबर

Language »