सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अनेरास्ववियू (क्रान्तिकारी) इन्द्रावती गाउँपालिकाकोे बैठक जिल्ला सम्मेलनमा पठाउने प्रतिनिधि चयन गर्दै सम्पन्न

सिन्धुपाल्चोक बाट सन्जिब तामाङ(प्रहार)को रिपोर्ट
नव निर्वाचित अध्यक्ष तथा बिद्यार्थि नेता दिपक दनुवारको अध्यक्षतामा माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला समन्वय समिति सदस्य तथा इन्द्रावती गाउँपालिका अध्यक्ष नुन बहादुर सापकोटा(मनोज) को प्रमुख आतिथ्यता र माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला समन्वय समिति सदस्य तथा इन्द्रावती गा पा उपाध्यक्ष प्रताप सिंह तामाङ (अस्मित)को विशेष आतिथ्यतामा अनेरास्ववियू (क्रान्तिकारी) इन्द्रावती गाउँपालिकाकोे बैठक सम्पन्न भएको छ । बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को १९औ जिल्ला सम्मेलनको लागि इन्द्रावती गाउँपालिकाको पदाधिकारी सहित इन्द्रावती गाउँपालिकामा सन्चालन मा रहेको १२ वटा मा बि बाट १ – १जना र २ क्याम्पस बाट १ – १ जना कृषि बाट १ गरि पदाधिकारी सहित जम्मा २२ जना प्रतिनिधि पठाउने निर्णय साथ प्रतिनिधि छनोट गरीएको थियो ।
कार्यक्रममा बिद्यार्थि संगठनलाई राज्यसत्ता संचालनको स्थानसम्म पुर्याउन अनेरास्ववियू (क्रान्तिकारी) को १९औ जिल्ला सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने भएकोले जिल्लामा पठाउने प्रतिनिधि चयन गर्न सक्षमलाई गाउँपालिका स्तरबाट पठाउन सके मात्र नेतृत्व बिकास हुने भएकोले सबै प्रतिनिधि हरुले यसलाई गम्भिर रुपमा लिन माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला समन्वय समिति सदस्य तथा इन्द्रावती गाउँपालिका अध्यक्ष नुन बहादुर सापकोटा(मनोज) र माओवादी केन्द्र सिन्धुपाल्चोक जिल्ला समन्वय समिति सदस्य तथा इन्द्रावती गा पा उपाध्यक्ष प्रताप सिंह तामाङ (अस्मित) ले आग्रह समेत गर्नु भएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »