सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्जनी माता रसोई श्रीसुन्दरकाण्ड मित्रमण्डललाई दानवीर तथा समाजसेवी माधवराम बर्माद्वारा नगद सहयोग


नेपालगन्ज, बाँके जिल्लाको भेरी अस्पताल नेपालगन्जमा अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डललाई सोमवार भारत लखनउ निवासी विकास शर्माले समाजसेवी माधवराम वर्मा मार्फत रु. ५ हजार १ सय रुपैयाको सहयोग गर्नु भएको छ ।

नेपालगंज उपमहानगरपालिका तथा श्री सुन्दरकाण्ड मित्र मण्डलद्वारा संचालित अंजनी माता रसोई भेरी अस्पताल नेपालगन्जमा कोभिड विरामी र विरामीको आफन्त जो विरामी कुरेर बस्नुहुन्छ उहांहरूको लागी विहान र वेलुकाको खानाको व्यवस्थापन गरिरहेको अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डललाई नेपालगंज उपमहानगरपालिका वडा नं ६ निवासी हाल भारत उत्तर प्रदेशको लखनउमा बस्दै आउनु भएको विकाश शर्मा ले मानव सेवा नै धर्म हो यस किसिमको पुण्य कामको लागी उहाँले नगद रू ५हजार १ सय रुपैया सहयोग गर्नुभएको छ ।


उहाँंले सहयोग गर्नुभएको रकम नेपालगंज उपमहानगरपालिका वडा नं ६ निवासी पत्रकार तथा समाजसेवी माधव राम वर्माले अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डलका अध्यक्ष विनोद कुमार राठीलाई सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । मानव सेवा नै धर्म हो यस किसमको पुण्य कामको लागी उहां प्रति श्री सुण्दरकाण्ड मित्र मण्डल परिवार हार्दिक आभार प्रकट गर्दछ ।


अंजनी माता रसोईको व्यवस्थापन श्री सुन्दरकाण्ड मित्र मण्डलका जितेन्द्र कुमार सिंहले गरी रहनु भएको छ ।
कोभिडको समय देखि विहान र वेलुकाको खानाको व्यवस्थापन गर्दै आई रहेको छ रु.२० रुपैयामा पेटभरि दैनिक ७–८ सय जनाले खाना खाईरहेका छन् । बिहान १६ जना र बेलुका १६ जना कर्मचारी रहेका छन् । अंजनी माता रसोईका प्रवक्ता बिमल चन्दले बताएका छन्

भर्खरै

सम्बन्धित खबर

Language »