सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्तराष्ट्रिय उडानलाई व्यवहारीक र व्यवस्थित बनाउन सरकार समक्ष एनआरएनएको माग

काठमाडौं / ०८ भदौ ।
गैरआवासिय नेपाली संघ (एनआरएनए) ले सरकारले सशर्त खुला गर्न लागेको अन्तराष्ट्रिय नियमित उडानलाई व्यवहारिक र व्यवस्थित गर्न सरकार समक्ष माग गरेको छ ।

संघले विदेशमा रहेका गैरआवसिय नेपालीलाई नेपाल फर्कन सहज वातावरण मिलाउन सरकार समक्ष आग्रह गरेको छ ।

पछिल्लो पटकको निर्णयमा गैरआवासिय नेपाली स्वदेश फर्काउनका लागी कुनै सम्बोधन नभएकोले संघले स्वदेश फिर्ताको लागि आग्रह गरेको हो ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार हाल सम्म ५१ हजार ४ सय ४१ नेपालीको उद्धार गरिएको छ ।

८० हजार बढि वैदेशिक रोजगारीमा रहेका नेपाली नेपाल फर्कन चाहेको पनि संघले जनाएको छ ।

यस्तै संघ अन्तर्गतको स्वास्थ्य समितिले विभिन्न १६ देशमा हालसम्म १ सय ९२ नेपालीको निधन भएको जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »