सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्तराष्ट्रिय मिर्गौला दिवसको अवसरमा निशुल्क मिर्गौला परिक्षण गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणपछि शिक्षण अस्पताल महाराजगंजमा स्वास्थ्यलाभ गरिरहेका बेला काठमाडौं कलंकीस्थित ‘ मार्क इन्टरनेशनल किड्नी सेन्टर’ ले निःशुल्क मिर्गौला परीक्षणको घोषणा गरेको छ । 

मार्च १२ अर्थात फागुन २९ गते अन्तर्राष्ट्रिय मिर्गौला दिवसको अवसर पारेर सेन्टरले फागुन २९ गतेदेखि चैत ५ गतेसम्म निःशुल्क मिगौैला परीक्षण गर्ने जनाएको हो । विहान ८ बजेदेखि साँझ ५ बजेसम्म जति पनि मानिसहरु आउँछन् उनीहरुका मिर्गौला परीक्षण गरिने बताउँछन्, मिगौला रोग विशेषज्ञ डा. अर्चनशम्शे राणा । 

राणाका अनुसार सेन्टरले मुलुकका नौवटा विकट क्षेत्रमा पनि चाँडै निःशुल्क मिर्गौला परीक्षण र उपचारको कार्यक्रम बनाएको छ । सिन्धुली, डडेल्धुरा, बैतडी, जाजरकोट लगायतका विकट क्षेत्रमा पुगी दक्ष चिकत्सकको टोलीले मिर्गौला परीक्षण र उपचारको सेवा दिने छ । काठमाडौंमा निःशुल्क परीक्षणको कार्यक्रम सकिएपछि त्यसको बृहत योजना तयार हुने छ । 

डा. राणाको भनाइमा नेपालमा ४० वर्ष भन्दा मुनीका अधिकांश युवाहरुको मिर्गौलामा समस्या छ । धेरैजसो युवाहरु त दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेपछि अस्पताल आउने गरेका छन् । नेपालमा कुल मिर्गौैला रोगी मध्ये ८० प्रतिशत त ४० वर्ष भन्दा मुनीका रहेका छन् । 

मुख्यतः पिसाबबाट प्रोटिन जाने समस्याले धेरैजसाको मिर्गौला बिग्रेको पाइएको छ । अझ त्यसमा खानपानको असन्तुलन, कसरतको अभाव लगायतका कुराले पनि असर गरेको पाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »