सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्तर्राष्ट्रिय विद्यालय अवार्डबाट किड्स स्कुल बानियाटार सम्मानित

किड्स स्कुल बानियाटारलाई अन्तर्राष्ट्रिय विद्यालय

काठमाडौँ । अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार- २०२२ अन्तर्गतको फुल अवार्ड प्राप्त गर्न किड्स स्कुल बानियाटार सफल भएको छ । यस वर्षको अवार्डबाट विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मान्यता प्रदान गरेको हो । अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार ब्रिटिश काउन्सिलले आयोजना गर्ने यस्तो कार्यक्रम हो जसमा विभिन्न प्रोजेक्टको माध्यमबाट विद्यार्थीहरुले कक्षाकोठा र आफ्ना शिक्षक शिक्षिकामा मात्र सिमित नभई विश्वका विभिन्न राष्ट्रका विभिन्न विद्यालयका आफु सरहका विद्यार्थी साथीहरुसँग सहभागी हुँदै आफ्नो सिकाइलाई अन्तरराष्ट्रिय सहकार्य गर्दै अघि बढाउँछन । जसमा बालबालिकाले विभिन्न कला र प्राविधिक ज्ञान सिकेर त्यसलाई व्यवहारिक जीवनमा समेत उपयोग गर्न सकेका छन् ।

उक्त कार्यक्रम अन्तर्गत विद्यालयले विभिन्न आठ प्रोजेक्टमा आफ्ना विद्यार्थीहरुलाई संलग्न गराएको थियो । जसमध्ये चार प्रोजेक्ट अन्तर्राष्ट्रिय थिए । जसमा अमेरिका, इन्डोनेसिया, ताइवान र भारतका विद्यालयहरुसँग सहकार्य गरेको थियो । त्यस्तै दुइ वटा प्रोजेक्ट विद्यालय नजिकैको जालुपा सामुदायिक विद्यालयसँग सहकार्य गरेर सम्पन्न गरेको थियो । टोखाको पहिचान अगाडि बढाउँदै स्थानिय पाठ्यक्रम प्रोजेक्टमा ‘टोखाको विशेषता चाकु’ पाठ्यक्रम निर्माण गरी चाकुको इतिहास, निर्माण विधि र महत्वका बारेमा चाकु उत्पादन स्थलमा नै लगेर प्रयोगात्मक ज्ञान हासिल गर्न विद्यार्थीहरु सफल भएका थिए ।

बारम्बार राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा उपस्थिति जनाउनु र उपाधी प्राप्त गर्दै गर्दा विद्यालयलाई शैक्षिक क्षेत्रमा अझै केही गर्ने मार्ग निर्देशन तथा उत्प्रेरणा मिलेको र जिम्मेवारी थपिएको महसुस भएको प्रिन्सिपल शर्मिला के.सी. ले बताइन् ।

‘अन्तराष्ट्रिय विद्यालय अवार्डको सफलता दिलाउनलाई अहोरात्र लागि पर्नु हुने विद्यालयकी शिक्षिका आयुष्मा पाठक जसले विभिन्न कठिनाइका बाबजुत लगनशील, उर्जावान र सामुहिक भावनाको पूर्ण कदर गर्ने सहकर्मीहरु विद्यार्थीको प्रगतिका लागि हरक्षण विद्यालयलाई सहयोग गर्न तत्पर अभिभावक, मिहिनेती र लगनशील विद्यार्थी, विद्यालयका सम्पूर्ण उत्तरदायी कर्मचारी लगायत विभिन्न राष्ट्रका सहकार्य विद्यालयहरु र सम्पूर्ण शुभचिन्तकहरुकोे साथ र सहयोगले गर्दा नै विद्यालयले यो अवार्ड प्राप्त गर्न सफल भएको हो । सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु ।’ प्रिन्सिपल शर्मिला के.सी. ले भनिन ।

भर्खरै

सम्बन्धित खबर

Language »