सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सुनचाँदी कालिगढहरुलाई सहयोग


नेपालगन्ज , अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बांके जिल्ला सुनचाँदी कालिगढ ट्रेड युनियनले सुनचाँदी कालिगढहरुलाई दोस्रो चरणको राहत वितरण गरेको छ ।


विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड(१९)को संक्रमणकाले नेपालगञ्ज उपमहानगरपालिकामा रहेका, लकडाउनले आर्थिक समस्यामा परेका ३० जना सुनचाँदी कालिगढहरुलाई श्रमिक दिवसको अवसरमा राहत वितरण गरिएको छ ।


नेपालगञ्जका सुनचाँदी व्यपारीहरु र कालिगढसँगको आर्थिक सहयोगमा दोस्रो चरणको राहत सामग्री वितरण गरिएको कुरा कालिगढका हित चिताउने सुनचाँदी व्यवसायी मोहम्मद हाशिम अन्सारीले बताएका छन् ।
छुटेका कालिगढहरुलाई आउने दिनमा व्यवसायीहरुको सहयोग पाएमा पुनः वितरण गरिने कुरा बांके जिल्ला सुनचाँदी कालिगढ ट्रेड युनियनका अध्यक्ष रामजी गहतराजले गरिएको छ ।


व्यवसायीहरुले थप सहयोग गर्न चाहेमा मोहम्मद हाशिम अन्सारीलाई सम्पर्क गरी सहयोग गरिदिन बांके जिल्ला सुनचाँदी कालिगढ ट्रेड युनियनका सदस्य अरुण सोनीले अनुरोध गरेका छन् ।
९०जना कालिगढहरुलाई राहत वितरण गरिएको कुरा बांके जिल्ला सुनचांदी कालिगढ ट्रेड युनियनका सदस्य वीरेन्द्र गहतराजले जनाएका छन् ।


अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात मे १को अवसरमा राहत सामग्री वितरणको समयमा सम्पूर्ण श्रमिकहरुलाई बांके जिल्ला सुनचाँदी कालिगढ ट्रेड युनियनका अध्यक्ष रामजी गहतराजले शुभकामना दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »