सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अपाङगता भएका दुई सय ५५ जनालाई राहत

नेपालगञ्ज, कोरोना संक्रमणको विषम परिस्थितीमा अपाङगता भएका व्यक्तिहरुलाई राहत प्रदान गरिएको छ । सीबीएमको सहयोगमा नेपाल अपाङ महिला संघमार्फत अपाङग नव जीवन केन्द्रको संयोजनमा आज नेपालगञ्ज वडा न २० मा ७१ जनालाई राहत प्रदान गरिएको हो ।

सक्षम महिला परियोजना सञ्चालित क्षेत्रका अपाङगता भएका व्यक्तिहरुलाई सहयोग गरिदै आइएको छ । यस अघि जानकी गाउँपालिका– ६ मा ७० जनालाई राहत सहयोग गरेको केन्द्रले भोली नेपालञ्ज– १९ मा २९ र डुडुवा ४ र ५ मा ८५ जनालाई रहात प्रदान गर्दैछ ।

अपाङगता भएका व्यक्तिलाई राहत प्रदान गर्दै वडा न २० का वडा अध्यक्ष कृष्ण कार्कीले विषम परिस्थितीमा सहज जीवन यापनको लागि राहत दिइएको भएपनि आत्मनिर्भरको बाटो पहिल्याउनु पर्नेमा जोड दिनु भयो ।

प्रत्येकलाई १५ केजी चामल, एक केजी दाल, एक लीटर तेल, दुई वटा सावुन प्रदान गरिएको परियोजनाका सामाजिक परिचालक टेकराज जैसीले जानकारी दिनु भयो ।

अपाङग नव जीवन केन्द्रका उपाध्यक्ष जंग बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल अपाङ महिला संघकी केन्द्रीय सदस्य वीनीता शर्मा, पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाई लगायतले बोल्नु भएको थियो ।

राहत वितरणमा सहभागी सबैलाई कुशल मंगल डेरीका सञ्चालक खगेन्द्र प्रसाद न्यौपानेले एक÷एक गीलास दही समेत खुवाउनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »