सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अफगानिस्तानमा अन्धाधुन्ध गोली चल्यो : ३१ को मृत्यु, ५५ भन्दा बढी घाइते

शुक्रबार अफगानिस्तानको काबुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने घटनामा परि ५५ जना घाइते भएका छन् ।

सांस्कृतिक तथा धार्मिक भवनको रूपमा रहेको मोसल- ए- सहीद गजारीमा एउटा कार्यक्रम भएको बेला गोली चलेको थियो । स्थानीय समय अनुसार बिहान ११:३० बजे घटना घटेको थियो ।

घटनाका बेला अफगान उच्च शान्ति परिषदका अध्यक्ष कारमा खालीलीले सम्बोधन गरिरहेका थिए । कार्यक्रममा सहभागी मध्ये अधिकांश राजनीतिज्ञ तथा सरकारी अधिकारीहरु थिए । सरकारका प्रमुख अधिकारी अब्दुला अब्दुला, खालीली, पूर्व राष्ट्रपति हमिद कारजायीको लगायत अन्य सहभागीहरुलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »