सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अफ़ग़ानिस्तानको पिडाबोधले उब्जीएको प्रश्न र शन्देस

शम्भु उप्रेती

शसश्त्र प्रहरी बल का पुर्व बरीष्ठ उपरीक्षक तथा समाजसेबि

हालको दिनहरुमा अफ़ग़ानिस्तानको जटील अबस्था बिच सर्बसाधरण नागरिक हरुको निरहीपन, बिबसता देखिदैछ । यो अबस्था एकै पटक आएको चाही पक्कै होईन । हिजोको दिनहरुमा अमेरिका जस्तो बिकसित देशहरु को आड भरोसा र सहयोग पाउदा सम्मको अबस्था र ऐले हात झीकेको अबस्थामा २१ औ सताब्दीमा नसुहाउने सोच बोकेको उग्रवादी तालिबानहरु ले मुलुकको अधीकास भागमा कब्जा जमाउन सफल रहेको अबस्थामा पुगेको छ ।

 हिजको दिनमा समस्या सुल्झाउने बहानामा देखापरेका स्वार्थ समुहहरु र बिभीजीत दलको नेताहरु आख़िरी अबस्थामा टाडीए बाट हामि नेपाली सचेत बर्गहरु चिन्तित मात्र होईन शिक्षा र सबक लिन पर्ने देखीन्छ । त्याहा पनि छिमेकी देश हरुले तालिबानी नेता हरुलाई आस्रय, सहयोग जुटाउन र मुलुक लाई आफ्नो बसमा पार्ने कमजोरीको फाईदा लिने रणनीति नगरेको काहा होरहेछ र ? जनताहरु बिभीजीत हुनु, स्थिर सरकार नहुनु र समस्या लाई बिदेसि शैनिक तागतले परास्त गर्ने सोचका कारणबाट यी सबै सम्भब भयो ।

हाम्रो देशको हकमा :-

नेपाल सामरिक हिसाबले दुई बिशाल देश भारत र चिनको बिचमा अबस्थित छ । दुबै देश मा आन्तरिक समस्या खासगरी तिब्बत र कास्मिर क्षेत्र को तनाब संगै भारत संगको सिमाना बिबाद कायमै छ ।रास्ट्रिय नितीको अभाबमा नेता पिच्छे फरक दृष्टिकोण ले कति बेला परीस्थिती मोडिने हो को संग नजीक र टाडा भन्न सकिन्न । नेपाल को अस्थिरता बाट फ़ायदा लिने रणनीति को सिकार अब नेताहरु को फुट र कलहमा आई पुगेको अनुभुति हुदैछ ।

मननीय कुरा जब सम्म हामि छिमेकी लगायतका देश हरुमा सहअस्तित्व,असंलग्न,स्वतंत्र बैदेशीक नितीमा अडीग रहनेछौ तब सम्म हाम्रो पहीचान,सार्वभौमिकता मा कसैको आपत्ति र प्रश्न चिन्ह लगाउने आट गर्ने छैनन ।

साच्चै प्रकृतिक रुपमा बरदान पाएको सुन्दर भौगोलिक बिबीधताले सजीएको मात्र होईन मौलिक धर्म संस्कृति र परम्परा लाई आत्मासाथ गर्दै बिकासको पथमा अघी बडदै छ नेपाल । आफ्नो मौलिक स्वतंत्र पहीचान बनाएका सरल मेहनति ईमान्दार बहादुर नेपाली हरुको देश हो । मुलुक प्रतिको सम्मान र आपसी भाईचारा बनि रहनु नै हाम्रो देशको पहीचान र शक्ति बनेको बिगतका घटनाबाट प्रमाणीत भईसकेको छ । केवल राजनीतिक दलहरु बिच कलह र बेथीति दादागीरी र फौजी संरचना तिर नगईदिए मात्र पनि जस्तो सुकै ठुला आयोजना हरु देश बिदेसमा रहेको नेपाली जनताहरु को पूजी बाट सम्भब बनिसकेको अबस्था हो । यो भन्दा ठुलो उपलब्धी के होला ? जनताहरु उल्टै नेताहरु को साठ गाठ ले रास्ट्र घाती निर्णय हरु गर्लान भनेर खबरदारी गर्न परिरहेको अबस्था हो । दलहरु को मिलन बिन्दु कुनै बिदेसीको एजेन्डा र बाद बन्नुको दुर्भाग्यपूर्ण अबस्था बाट मुक्ती पाउन सकस छ हुन पर्ने मुलुकको समृद्धि र सर्बोपरी हो । पृथ्वी नारायण शाह लाई अपमान र बिदेसी नानाथरीका नेताहरु को फोटो नहटाई यो मुलुकको अस्थिरता रोकिने छैन । आफ्नो मौलिक सभ्यता परम्परा र ऐतिहासिक गरीमामा आधारित मोडेल को बिकल्प छैन ।

स्मरण गरौ -बिगतका चुनौति का दिनहरु कसरी परास्त गरिए :-

-संघीय लोकतान्त्रिक गणतान्त्रिक सरकारको पुनर्स्थापना गर्ने क्रमको निस्केको बिशाल जन सागरको बलमा नेपाली जनताहरुको चाहाना बिपरीतका अमुक देश बिदेसि स्वार्थ समुहको ईसारामा केही बिकाउ नेताहरुको साथ सहयोगमा पुनर्स्थापित सदनबाट तालिठटाएर बहुमतको निर्णय देखाएर २५० बर्ष देखि राजकिय शक्ति र जनमानसको आस्था र बिश्वास बोकेको राजसंस्था र बिश्वको एक मात्र हिन्दू रास्ट्र को समुल अबसान गरीए पछीको तरल अबस्थाको फाईदा लिएर धर्मको, जातजातीको बिचमा फाटो पारी बिखन्डनको भूमरीमा धकेलने प्रयास नभएको होईनन । स्वाभिमान नेपाली जनताहरुको ऐक्यबद्धता अथक प्रयास र बलिदान जारी रह्यो ।

-जुन बर्षौ देखी सद्भाव कायम गरी कहीले जातिय बिबाद नगरेको नेपाली हरु लाई फुट ल्याउन जातिय पहीचानको आधार घुसाएर दन्द्धको बिजारोपण गर्ने र मुलुकको बिखन्डन गर्ने भीत्री अभीप्राय रहेछ । जस्लाई स्वाभामानि नेपाली हरुको ऐक्यबद्धता र जोड बल ले परास्त गरी भौगोलिक महत्व,ऐतिहासिक रुपमा बनेको पहीचान लाई आधार मानी प्रदेश हरुको नामांकन गरी लागु गर्न सफल भयका हैनौ र ?

अझै पनि दलहरु बिच फाटो र बेमेल निम्त्याएर मुलुकको अस्थिरता र पतनको यात्रामा पुर्याउने अन्तिम प्रयास जारी छ । बरीस्ट भनिने हरु मतियार बन्दै अनेकौ बहाना बाजी गर्दै मुलुक लाई अस्थिरता मा धकेलने भद्दा नाटक को मन्चन जारी छ । मुलुकको अस्थिरता यात्रा मा लागेको खलनायक को हो छर्लंग भईसकेको अबस्था हो । प्रतिगमनको परीभाषा र भीत्रको षड्यंत्र प्रस्टै भईसकेको छ । असली प्रतिगमन को मन्चन अब क्रमस सतहमा देखा पर्दैछन । हिजो ठुलो स्वरमा भुक्ने हरु लाज मान्दै बोलि बन्द हुदै छ । बनिसकेको दुई तिहाईको सरकार को अबसान पुर्याउन को भीत्रि रहश्य !

अझै पनि दलहरु का बरीस्ट नेताहरु स्वयममा फाटो र कलह को अबस्था बाट गुज्रन बाध्य छन । राजनैतिक तरलताको फायदा लिन सकृय तत्वहरुको यस्मा हातरहेको प्रस्टै देखियो । लोकतंत्रको खम्बाहरु राजनैतिक दल हरु हुन जुन निश्चित सिद्धांत र मुलुकको हितमा लक्ष्य र उधेश्य बेकेको हुनै पर्छ।

हामि काहा मिलीजुली बाडीचुडी खाने गरी आपसमा सहमतिको नाममा संबिधानको धाराहरुको यति धेरै निकम्मा र परीबर्तन गरीएछन कि जता जसरी मोडन घुमाउन मिल्ने गरी अस्थिरता को कारक बन्दैछ । निर्बाचन आयोग लाई अधीकार बिहीन बनाईएको अबस्था छ । जनमतको कदर हुने आबदीक चुनाबमा उठ्न उम्मेदबार बन्न शक्ति केन्द्र को आसिर्बाद र दलको बरीस्ट नेताहरु लाई बाचुन्जेल सत्तामा टिक्ने अबस्था को सृजना गरीएको छ । जुन स्वयम वाहाहरुको हितमा पटक्कै छैन । पछील्लो परीबर्तन ले न शेरबहादुर को राजनैतिक उचाई बडाउन सक्यो न जनताहरु को अपेक्षाकृत उपलब्धी ? भागबन्डा मिलाउनै सकस ? काम कुरो यकातिर को अबस्था बन्दैछ । दलको सिद्धांत र पृस्टभूमी लाई बचाउनु र लोकपृय बन्नु त कता हो कता चुनाबमा जीत्ने मानौ सबै दल भीत्रका स्वार्थ मिलेका, सिद्धांत र नैतिकता भुलेका सत्तामोह पालेका हरु लाई प्रसय हुने गरी दल परीबर्तन गर्न र ह्बीप नमान्न पाउने गरी कानुन संशोधन गरीसकीएको अबस्था हो । रास्ट्रीय सभाको भाबना र मर्म बिपरीत जनताले तिरस्कार गरेका नेता लाई चोख्याउने बाटो बनाईएको छ । स्वतंत्र नागरिक जुन रास्ट्रीय जीबनमा ख्याती प्राप्त बिभीन्न क्षेत्र को प्रतिनिधित्व हुने त कता हो कता चुनावको खर्च ब्योहोर्ने स्रोतको रुपमा रास्ट्रिय सभा लाई प्रयोग गरीदै छ । हामि सबैलाई छर्लंग छ दलहरु खास गरी आफ्नो एउटैदल भीत्र शक्ति संघर्ष को कारण तनाब र बैमनश्यता नभएको कुनै दल रहेन नेपालमा ।

प्रयोग गरौ यसरी समाधान र स्थिरता आउन सक्छ कि ? –

–  राजनैतिक संस्कार र गरीमा कायम हुने गरी दलहरुको समायोजन र कार्यकारी प्रमुख को निर्बाचन को स्वरुप परीबर्तन गरी जो कोही रास्ट्रिय जीबनमा चर्चा कमाएको ब्यार्क्ति उक्त पदमा पुरा समय पदासीन हुने बाटो खुला गरिनु पर्छ । पाकिस्तान को मोडेल ?

–  राजनैतिक पदहरु बिधी र पद्धति अनुरुप सेरोमोनियल – सेवा र नैतिकता को मिस्रीत रुप मा रुपान्तरण गर्नु समयसापेक्ष बिचार हुनेछ । निश्चित क्राईटएरीया, योगदान र योग्यता बिना हुलहरु लाई दलमा समाबिस्ट गरीनुको घातक परीणति ले सधै अस्थिरता को चपेटामा परीरहने अबस्था मुलुकको हितमा हुनेछैन ।

–  कम्सेकम संबैधानिक महत्वपूर्ण पदहरुमा स्वतंत्र प्रतिस्पर्धा को माध्यम अपनाईनु पदपूर्ति गरीनु अनिबार्य बनिसकेको अबस्था हो ।यस बाट केही हद सम्म शक्ति संघर्षको पाटोबाट मुलुकले निकास पाउने निश्चित छ । राजदुत जस्तो महत्वपूर्ण भूमिका बोकेको पदहरु र स्वतंत्र अस्तित्व बोकेको महत्वपूर्ण पदहरु समेत अमुक शक्ति केंद्र को ईसारा मा नेताहरुको गोजीबाट पदपूर्तीको कारण दुनिया को नजरमा हाम्रो बेईज्यत र अपमान हुदैछ । योग्यता बिना मन्त्री पद समेत भाबन्डा बाट पूर्ति गरिनुको सकश ले मुलुकको हितमा हुन्न भन्ने थाहा हुदा हुदै पनि देशको यो निरहीता जारी छ । सक्षम, बिशेषज्ञता हासिल गरेका हरु कुनै शक्ति मा रहेका दलमा नलागी सम्म योगदान दिन सम्मब छैन, दक्ष जनशक्ति हरु पासपोर्ट बनाउन हतारोमा देखीन्छन, युवाहरु को भबिश्य को सपना सम्पन्न मुलुक मा पुग्नु सम्म सिमित भईसकेको अबस्था हो । उधोगी ब्यबसायीहरु समेत दलहरुको कोपभोजनमा निरही छन । रास्ट्र सेबकहरु नेताहरु प्रति नतमस्तक नबनि धरै छैन पूर्ब करमचारी र रास्ट्र सेवकहरु पेन्सन कहीले सम्म थाप्न पाईने हो मात्र सोच्न बाध्य छन उनिहरुको त्यतिका बर्षको अनुभब को कतै स्थान दिईन्न केबल भाग बन्डामा सहमती बनाई सरकार टिकाउनै सकस छ । नेताहरु स्वयम पालै पालो अपमानित बन्दैछन । तर उही पाच सात जनाको पदाशिनको बिकल्प छैन । युबा नेतृत्वको कल्पना गर्न मात्र भयो । सबै दलका युवाहरु आपसमा मिलि याबत बेथिती हरु र निश्चित पदाबदी कायम गर्ने तर्फ ध्यान पुर्याउनुको सट्टा बिडम्बना तिनै शक्ति संघर्ष मा आपसमा टकराव गरी रहने नेताको कुर्सी बचाई बापत मन्त्री पद लिन आतुर देखीन्छन । तर पनि हामि देश लाई अफ़ग़ानिस्तान को बाटो बाट बचाउन सफल छौ त्यो एउटै कारण हामि अप्ठ्यारोमा एक बनेर बेथीति र बेईमानी बिरुद्ध सजग र एउटै कित्तामा खडा छौ रहिरहने छौ यही हो नेपाली हुनुको बिशेषता क्या बात हामि स्वाभीमानी नेपाली । जयनेपाल !!!

भर्खरै

सम्बन्धित खबर

Language »