सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अबदेखि सडकमै सवारीको प्रदुषण जाँच गरिने

काठमाडौँ । अब सडकमै सवारीको प्रदुषण चेक जाँच गरिने भएको छ ।

शुक्रबारदेखि यातायात व्यवस्था विभाग अन्तरगतको टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरले सडकमै सवारीको प्रदुषणको अवस्था जाँच गर्न मिल्ने गरी दुई वटा घुम्ती भ्यान सञ्चालनमा ल्याएको छ ।

एक कार्यक्रमका बीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले आफू चढ्ने गाडीहरुको जाँच गरेर घुम्ती सेवाको उद्घाटन गरे ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यी भ्यानहरु दैनिक कार्यतालिका बनाएर सडकमा खटिने बताए ।

उनका अनुसार यो सेवा सुरु भएपछि सवारीको प्रदुषण जाँच सडकमै गरेर तकालै प्रिन्टेड रिपोर्ट दिन सकिने छ ।

अहिलेसम्म टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमै ल्याएर सवारी जाँच गर्नुपर्ने बाध्यता छ ।

यो सेवा सुरु भएपछि प्रदुषण जाँच गर्न सडकमा भ्यानबाटै सवारी धनी र चालकले सेवा पाउनेछन् ।

सरकारले प्रदुषण जाँचमा कडाई नगर्दा यातायात व्यवसायी र सवारीधनीले आफ्नो मोटर बेलैमा मर्मत गर्ने र चुस्त अवस्थामा राख्ने काममा हेलचेक्र्याइँ गर्दै आएका छन् ।

निजी सवारी साधनले एक वर्ष र सार्वजनिक सवारी साधनले ६-६ महिनामा प्रदुषण जाँच गरेर विभागबाट हरियो स्टिकर लिनुपर्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »