सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अबदेखि होटल र पार्टी प्यालेसमा सरकारी कार्यक्रम गर्न नपाइने

काठमाडौं । अबदेखि सरकारले आयोजना गर्ने सभा तथा सम्मेलन होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा नहुने भएको छ ।

अर्थमन्त्रालयले यस्ता कार्यक्रममा अनावश्यक रकम खर्च हुन थालेपछि बाहिर गर्नबाट रोक लगाएको हो । सरकारी सभा, सम्मेनल, सेमिनार, गोष्ठी तथा अन्तक्र्रियामा हुने अनावश्यक खर्च कटौती गरिएको हो ।

अर्थमन्त्रालयले बजेट खर्चमा मितव्ययीता अपनाउन यस्ता कार्यक्रम सरकार निकायको आफ्नै सभाहलमा आयोजना गर्न निर्देश गरेको हो ।

अर्थसचिव शिशिरकुमार ढुंगानाले जारी गरेको बजेट कार्यान्वयनसम्बन्धि मार्गदर्शनमा यस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्ने व्यवस्था मिलाउन उल्लेख छ ।

तर, सो सरकारी निकायको सभाहल नभएको अवस्थामा सस्तोभन्दा सस्तोमा अन्तै कार्यक्रम आयोजना गर्नुपर्नेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »