सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अब कक्षा १२ को प्रमाणपत्रमा ११ को प्राप्तांक नहुने

काठमाडौं । यो वर्षदेखि कक्षा १२ उत्तीर्ण भएको प्रमाणपत्रमा कक्षा ११ का विषय र उत्तीर्णाङ्क उल्लेख नहुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक यस्तो व्यवस्था गर्न लागेको हो।

यसपटकदेखि कक्षा ११ को परीक्षा तथा नतिजा सम्बन्धित विद्यालयले नै सार्वजनिक गर्ने व्यवस्था भएपछि बोर्डले प्रमाणपत्रमा पनि नयाँ नियम लागु गर्न लागेको हो।

बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा १२ को प्रमाणपत्रमा सम्बन्धित विद्यार्थीले कक्षा ११ मा कुन कुन विषय अध्ययन गरेका थिए भन्ने जानकारी लिनको लागि छुट्टै लिंकको वयवस्था भने गरिने बताए।

यसअघि बोर्डले नै कक्षा ११ र १२ को परीक्षा लिने गरेको थियो। बोर्डले नतिजा प्रकाशन गर्दा विद्यार्थीले कक्षा ११ र १२ मा पढेको विषय र प्राप्तांकसमेत उल्लेख गर्ने गरेको थियो।

बोर्डले पारित गरेको कक्षा ११ को मूल्यांकन कार्यविधि अनुसार सम्बन्धित विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन अध्ययनरत विद्यालयबाटै हुनेछ।

भर्खरै

सम्बन्धित खबर

Language »