सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अब को यात्रा नयाँ समाजवादी क्रान्ती

भविस्वर पराजुली

संयोजक

पुनर्गठित नेकपा (माओवादी केन्द्र )

(दश बर्षे माओवादी जनयुद्ध कालमा लामो समय प्रचण्ड कै कार्यलयमा रहेर काम गरेका भविस्वर पराजुली (आर पि) पोखरा  को पि. एन. क्याम्पस स्व. बि .यु. शभापती हुँदै गत निर्वाचनमा नवलपरासी बाट नेपाली काँग्रेसका नेता डा. शशांक कोइराला संग झिनो मतले पराजित नेकपाका युवा नेता मै गनिने नाम हो । पछिल्लो समय प्रचण्ड समुहको नेकपा माओवादी केन्द्र एमाले मा पार्टी एकता गरेर गए पछी असन्तुस्टी जनाउदै गोपाल किराँती को नेतृत्व मा माओबादी केन्द्र लाई जिबित गराउन महत्वपुर्ण भूमिका खेलेका उनले किराँती संग पनि बिचार नमिले पछी २०७५ साल असार १९ गते पुनर्गठित नेकपा (माओबादी केन्द्र) को नाम दिएर पार्टिलाई पुनर्जिवन दिएका छन । उनै भविस्वर पराजुली संग सारा खबर डट कम का प्रतीनिधी ले गरेको कुराकानीको मुख्य अंश)

माओबादी जनयुद्धकै समयमा जेल परेका भविस्वर पराजुली लामो समय कम्युनिष्ट आन्दोलनकै सेरोफेरो मा रहेर काम गरिरहँदा आफुलाई गर्व महसुस भएको बताउँछन् ।६२ -६३ को जन आन्दोलन भन्दा अगाडी पार्टीले लिएको निती र शान्ति संझौता पछी अंगालेको बाटो बिल्कुल फरक भए पछी पार्टी हेर्डक्वाटर मा आफ्नो धारणा प्रष्ट राखेर भ्रष्टचार बिरुद्ध को अभियान चलाउदै अगाडी बढेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य संबन्धित निकाय हरु संग सहकार्य गरेर  थुप्रै स्ट्रीङ अप्रेसन हरु समेत गर्न सफल भए पनि आम नागरिक को राजनैतिक अधिकार सुनिश्चित नगरी कुनैपनी हालत मा समाज परिवर्तन गर्न नसकिने तथ्यलाई स्विकार गर्दै गौरवशाली पार्टी बाट पुन राजनैतिक यात्रा मा फर्कनु परेको उनको अनुभव छ ।

पहिलो संबिधान शभाको अबसान पछी नैतिकताको आधारमा ६०१ जना बिधायकले खाएको तलब भत्ता फिर्ता गर्नु पर्ने माग राख्दै भ्रष्टचार बिरुद्ध राष्ट्रीय अभियान ले सडक संघर्ष देखी आमरण अनसन समेत गरेको  बेला आम नागरीक तथा प्रबुद्ध ब्यक्तित्व हरु बाट समेत साथ सहयोग पाएको तै पनि राज्य पक्ष बाट कुनै पनि सुनुवाई नभए पछी त्यस कै जगमा पार्टी स्थापना गरेर २०७० को निर्वाचन मा सहभागी भएको उनले बताए ।

नेपाली कम्युनिष्ट आन्दोलन को जुट र फुटको यात्रालाई नजिकै बाट नियाल्न पाएका उनले १० कम्युनिष्ट घटक हरुको एकता र  गौरवशाली पार्टी मार्फत राष्ट्रीय राजनितीमा पाईला टेकेको ,नेकपा (माओबादी केन्द्र)को रुप मा बिकास हुन सफल भएको स्विकार गरेका छन् । सानो पार्टिलाई अगाडी बढाउँदा हरेक किसिमका प्राबिधिक समस्या आउने र ठुलो पार्टी मा काम गर्दा आफ्नै सहयोद्धा ले खुट्टा तानेर लडाउने अनुभव आफुले गत निर्वाचनमा नवलपरासी मा झिनो मत ले पराजित हुनु  परे पछी थाहा पाएको उन को अनुभव छ ।

पछिल्लो समयमा बिकसित राजनैतिक घटना को बारेका उनको धारणा अलि फरक छ । प्रचण्ड र ओलि  को एकता  बिभिन्न स्वार्थ मा जोडिएर भएको हुनाले यो धेरै समय सम्म टिक्न सक्ने अवस्था नदेखेर नै आफुले माओवादी आन्दोलनको निरन्तरता लाई अहिले सम्म जोगाएर राखेको हो । हामीले कमसेकम ब्यानर लाई हराएका छैनौ, जिवित राखेका छौ अहिले पनि सबै कम्युनिष्ट हरु  लाई स्वागत गर्न बसेका छौ ।

पार्टी सानो या ठुलो हुनुले खासै फरक पार्दैन,त्यो पाटिलाई कुन चेतना र बिचार ले नेतृत्व गरेको छ त्यो प्रमुख कुरा हो ।अब देश लाई २१औं सताब्दिको जनवाद वा  जनताको बहुदलिय जनवाद ले मात्र पर्याप्त छैन भन्ने महसुस भएपछी हामिले सामाजिक रुपान्तरण सहितको बहुदलिय समाजवाद (नयाँ समाजवाद) को दिशामा आगाडी बढ्ने निती लाई अंगिकार गरेका छौ । राष्ट्रवादी र बामपन्थी हरुको एकता बाट मात्रै यो दिशामा आगाडी बढ्न सम्भव भएकोले यसको प्रयास  भइरहेको उनले बताए ।

चारैतिर बाट घेराहालेर आफुलाई केहि गर्न नदिएकै कारण संसद बिघटन गर्नु परेको भन्ने प्र. म. ओलि को भनाइ प्रती आफु सकारात्मक रहेको भन्दै उनले यो अवस्था निम्त्याउनु मा प्रचण्ड, माधव समुहको पनि ठुलो हात रहेको प्रष्ट  पारेका छन् ।देश मा अन्तराष्ट्रीय शक्ती केन्द्र को चलखेल को कारण यस्तो अवस्था आएको पनि उन को तर्क छ ।

हामी अहिलेपनी माओबादी आन्दोलन को त्याग्, तपस्या बलिदानी भावना को कदर हुने खालको सम्मानजनक एकताको पक्षमा उभिएका छौ । हामिले निरन्तरता दिएको ब्यानर को सम्मान ,क्षमता ,बिचार्,ब्यबहारिक नेतृत्व ,गती र दिशा सहितको राजनिती , गुण मा आधारित शक्ती लाई मान्याता दिदै अगाडी बढ्न सक्ने शक्ती संग कार्यगत एकता वा पार्टी एकता गरेर जान सक्ने उनको तर्क छ ।

युगले अब नयाँ र युवा नेतृत्व खोजी रहेकोले त्यसको लागी आफुहरु तयार रहेको पनि उन को भनाई छ ।

भर्खरै

सम्बन्धित खबर

Language »