सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अब प्रधानमन्त्री केपी शर्मा ओलीले के गर्ला ?

काठमाडौँ । सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले के गर्ला ? अब आम जासोको बिषय बनेको छ । अदालतले प्रधानमन्त्री केपी ओलीको गलत कदमलाई सच्याएपछि राजनीति अब नियमित ुलिकुमा अघि बढ्ने राजनीतिक विश्लेषकहरुले अनुमान गरेका छन्।

मंगलबार साँझ नै सर्वोच्च अदालतको संवैधानिक इजालासले अबको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिइसकेको छ । अब बस्‍ने संसदको पहिलो बैठकमा ओलीको राजनीतिक कदमविरुद्ध प्रस्ताव प्रस्तुत हुनेछ। त्यसअघि नै उनले नैतिकताका आधारमा राजीनामा नदिएमा उनीविरुद्ध अविस्वासको प्रस्ताव पेश हुनेछ। त्यो बहुमतले स्वभाविक रुपमा पारित हुनेछ। संसद विघटन गर्नुअघि नै ओलीविरुद्ध संसदमा अविस्वासको प्रस्ताव दर्ता भइसकेको थियो ।

आफूले अघि बढाएको राजनीतिक कदमलाई सर्वोच्च न्यायालयले असंवैधानिक र गलत भन्दै बदर गरिदिएपछि प्रधानमन्त्रीलाई पदमा बसिरहने नैतिक आधार समाप्त भएको कानुनविवद्हरूले बताएका छन्। संवैधानिक कानुनका ज्ञाता डा। भीमार्जुन आचार्य अब ओलीले राजीनामा दिनु सबैभन्दा उपयुक्त हुने बताउँछन्। उनी भन्छन्, ुओलीले राजीनामा दिएर नयाँ राजनीतिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्छ।ु प्रधानमन्त्री ओलीले मंगलबार आयोजित कार्यक्रममा संसद विघटनको निर्णय बदर भए पनि आफ्नो राजनीति नसकिने प्रतिक्रिया दिएका थिए।

अदालतको फैसलासँगै ओली सरकारको वैधता पनि सकिएकोले अब ओली अविश्‍वासको प्रस्ताव सामना गर्नेभन्दा राजीनामाको बाटोमा जानसक्‍ने स्रोतले बताएको छ। आन्तरिक कलहको सनकमा ओलीले अघि बढाएको राजनीतिक कदमलाई सदर गरेर मुलुकलाई संक्रमणतर्फ धकेल्ने डिजाइनमा राष्ट्रपतिविरुद्ध पनि संलग्न भएकोले उनीविरुद्ध संसदबाट उपयुक्त कदम चाल्ने तयारी भएको छ। नेकपाका नेता सुरेन्द्र पाण्डेले यसबारेमा थप छलफल र परामर्श गरेर उपयुक्त कदम चालिने प्रतिक्रिया दिएका छन्। पार्टीको आन्तरिक विवाद व्यवस्थापन गर्न नसकेको झोंकमा संसद् विघटन गर्ने प्रधानमन्‍त्री केपी ओलीको कदम निजी आवेग र अहंकारबाट निर्देशित थियो। नयाँ संविधानपछि ुलिकु मा हिड्न खोजिरहेको मुलुकलाई ओलीको उक्त कदमले फेरि द्वन्द्व र अस्थिरतातिर धके लिनेल्ने प्रयास गरेको थियो। यो गलत कदम सच्चाएर गुम्‍न लागेको आफ्नो गरिमा र छविलाई पुनरस्थापित गर्ने अवसर अब राष्ट्रपतिलाई थियो ।तर उनले यसलाई आंखा चिम्लेर सदर गरिदिइन् ।

अब के हुन्छ ?

प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्रीले यही प्रतिनिधिसभा ब्युँतिँदा तुरुन्तै राजीनामा दिनुपर्ने कानुनविदहरु बताउँछन् । उनले राजीनामा दिए भने अर्को प्रधानमन्त्री छान्न प्रक्रिया सुरु हुनेछ । ओलीको पार्टी नेकपा नै अग्रसर भएर संसदीय दलको बैठक डाक्ने र ओलीलाई दलको नेताबाट हटाउने प्रक्रियाको सुरुवात गर्न सक्छ। अहिलेकै अवस्थामा कानुनतः नेकपा विभाजित हुन मिल्दैन। किनभने दल विभाजनका लागि पार्टीको केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सांसद हुनैपर्ने प्रावधान छ।

ओलीले कठिन पर्‍यो भने अध्यादेशमार्फत त्यसलाई संशोधन गर्ने विकल्प खुलै राखेका छन्। अहिले ओलीसँग संसदीय दलमा करिब ४६ प्रतिशत सांसद छन् । तर केन्द्रीय कमिटीमा उनको पक्षमा ४० प्रतिशत संख्या छैन।गत पुस ५ मा ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदको संख्यालाई आधार मान्ने हो भने ९० जना दाहाल–नेपालतिर छन् । १ सय ७३ जनामा वामदेव गौतमतिर रहेका दुई सांसद वाहेक ओलीसँग ८१ सांसद रहन्छन्। ८१ जना सांसद ओलीलाई फेरि नेकपाको संसदीय दलको नेता बनाउन पर्याप्त छैनन्। त्यसैले उनी संसदीय दलमा फेरि प्रतिस्पर्धा गरे पनि पराजित हुने अवस्था छ। नेकपाको संसदीय दलभित्रको यो खेलको टुंगो लागेपछि अविस्वास प्रस्ताव पेश हुन्छ ।

त्यो अवस्थामा नेकपा ९दाहाल–नेपाल० समूह, कांग्रेस र जसपाको संयुक्त सरकार बन्न सक्ने सम्भावना देखिन्छ । नेकपाको यो समूहमा ९० सांसदको हिसाब सहित कांग्रेसका ६३ र जसपाका ३४ सांसद गरी १ सय ८७ जना पुग्छन् । उक्त संख्या दुई तिहाइ बहुमतको सरकार बन्न पर्याप्त संख्या हो। विभाजित नेकपा र जसपा मात्रै मिल्दा १२४ संख्या हुने भएकाले आगामी सरकार निर्माणमा कांग्रेसको भूमिका महत्वपूर्ण र निर्णायक देखिन्छ ।प्रधानमन्त्री बन्न १ सय ३६ सांसदको समर्थन आवश्यक पर्छ।

भर्खरै

सम्बन्धित खबर

Language »