सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अब हामीले नयाँ कुलमान जन्माउने कि नजन्माउने त ? मन्त्री धावा लामाको जनतालाई प्रश्न

काठमाडौँ । यूवा तथा खेलकुद विकास मन्त्री धावा लामाको प्रमुख आत्थ्यितामा तिप्लीङ मिडिया हाउसले संचालन गरेको ल्होछार कार्यक्रम बौद्घमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा खेलकुद मन्त्री धावा लामाले अब प्रत्येक घरघरबाट एक जना कुलमान जन्माउनु पर्ने भएको हुनाले अब हामी गर्न सक्छौं भनेर राष्ट्र निर्माणमा जुट्न अहवान गर्नुभयो ।

उहाँले कार्यक्रममा संवोधनको क्रममा भन्नु भयोः “अब हामीले नयाँ कुलमान जन्माउने कि नजन्माउने त ? अब हामी देश बनाउन सक्छौ भनेर लाग्ने कि नलाग्ने त ? हो हामीले देशलाई समृद्घ बनाउन सक्छौ र नयाँ कुलमानहरु पनि जन्माउन सक्छौ । त्यसक कारणले यो लाङ ल्होले हामी सबैको राम्रो गरोस् । यही शुभकामना ।”
सोनाम ल्होछारको सार्वजनिक बिदा कटौति गरेता पनि यसपाली पहल गरेर एक दिनको सार्वजनिक बिदा नेपाल सरकारले घोषणा गरेको जानकारी पनि उहाँले दिनु भयो । सामाजिकरुपमा, साँस्कृतिकरुपमा पछाडी परेका समुदायलाई अगाडी ल्याउने नेपाल सरकारको योजना रहेको हुनाले सक्ला र ? होला र ? भनेर चुप बसेर बस्ने समय गइसकेको उहाँको दाबी रहेको छ । अहिलेको वर्तमान सरकारले नै यो संकटको पार गर्न सक्ने सरकार भएको मन्त्री धावा लामाको जिकिर रहेको थियो ।

अन्तर्राष्ट्रिय तामाङ परिषदको वरिष्ट उपाध्यक्ष टासी लामाले तामाङ समुदायले देशको नै पहिचान बचाएर राखेको बताउनु भयो । एक दिनको सार्वजनिक बिदा भनेको नेपालको संविधानले दिएको अधिकार भित्र रहेको हुनाले अहिलेको केपी ओली सरकारले बर्तमान संकटलाई टार्नको लागि मात्र र तामाङ समुदायलाइ लाली पप देखाएर तामाङ जनतालाई फकाउनका लागि मात्र दिएको हो कि भन्ने शंका ब्यक्त गरेको थियो ।


तिप्लीङ मिडियाको आयोजनामा भएको बृहत साँस्कृतिक ल्होछार साँझको क्रान्ती योञ्जनले संयोजन गरेको थियो भने सिन्धुपाल्चोकको तामाङ समुदायको अत्याधिक उपस्थिति रहेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »