सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अब ३ सिफ्टमा प्रयोगशाला चलाएर दैनिक १० हजार स्वाब परीक्षण गरिने

काठमाडौं / असार ८

सरकारले असार १५ गतेदेखि दैनिक १० हजार जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्ने तयारी गरेको छ। अहिले देशभर २४ वटा प्रयोगशालाबाट दैनिक ६ हजार जनाको पिसिआर परीक्षण हुँदै आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भएका प्रयोगशालाहरूको परीक्षण क्षमता बढाएर दैनिक १० हजार जनाको परीक्षण गर्ने गृहकार्यमा मन्त्रालय जुटेको बताए । त्यसका लागि अहिले भएका प्रयोगशालाहरूलाई तीन सिफ्टमा चलाइने पनि जानकारी दिए।

‘परीक्षण किट र जनशक्तिको व्यवस्थापन गरेर प्रयोगशालाहरूलाई तीन सिफ्टमा चलाउने भनेका छौं। त्यो गर्दा अहिले भइरहेको परीक्षणभन्दा बढी हुन्छ,’ उनले भने।

अहिले प्रयोगशालाहरूमा दुई सिफ्टमा परीक्षण भइरहेको छ। जसमा दैनिक २ सय देखि ३ सय जनाको परीक्षण भइरहेको छ। यसलाई नै थप जनशक्ति र परीक्षण किट व्यवस्थापन गरेर मन्त्रालयले तीन सिफ्टमा सञ्चालन गरेर परीक्षण बढाउने तयारी गरेको हो।

मन्त्रालयले यसअघि नै निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय गरेको छ। निजी प्रयोगशालाहरूले परीक्षण थालेपछि दैनिक २ देखि ३ हजार जनाको थप परीक्षण गर्न सकिने मन्त्रालयको विश्वास छ।

मन्त्रालयले एउटा मापदण्ड तयार पारेपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निजी प्रयोगशालाहरूको अनुगमन गरेर कुन-कुन प्रयोगशालालाई परीक्षण गर्न दिने भनेर टुंगो गर्ने बताइएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »