सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अभियन्ता हरुको पहल मा सरसफाई देखी जरिवाना सम्म

काठ्माण्डौ स्वयंसेवी प्रकृया बाट चलेको नेपाल कै सबभन्दा लामो सामाजिक अभियान को रुपमा लिइएको साप्ताहिक सरसफाई अभियान आज पनि काठ्माण्डौ उपत्यका लगाएत देश का बिभिन्न भाग हरु  मा सम्पन्न भएको छ ।

 कोरोना भाइरस को प्रभाव को कारण  सरसफाई अभियान मा सकृयता केहि कम हुँदै गए पछी सडक्, खोला तथा सार्वजानिक स्थान हरु मा फोहर व्हात्तै बढेको थियो । नियोजित रुपमा फालिएको फोहरको डंगुर हरु कम भएको भए पनि साना टुक्रा फोहर हरु  को मात्रा धेरै बढेको अभियन्ता हरु बताउ छन् ।

यसै बिच  लोक बहादुर टन्डन को संयोजकत्वमा शुरु गरिएको   चक्रपथ सरसफाई महा अभियान ले १९८ औं हप्ताको नियमिता कार्यक्रम काठ्माण्डौ महानगर पालिका वडा नं ३ मा पर्ने तिर्लिङ्गे टार चौकी आसपास सरसफाई गर्दै संपन्न गरेको छ ।

अभियान मा  राष्ट्रवादी गायक तिलक बस्नेत ,नियमित अभियान्ता जित बहादुर हमाल्,पुण्य रत्न बज्राचार्य ,माया, कुवर जिवन बडाल जुम्लेली सेवा समाज का समाज सेवी  सुमन खत्री ,लायन्स क्लब का प्रतीनिधि श्याम पराजुली ,लक्ष्मी भण्डारि, लीला ख नाल , हिमालयन वातावरण प्राली का अध्यक्ष भुपाल आचार्य लगाएत को टिम तथा अन्य सरसफाई अभियान्ता हरु  को समेत सहभागिता रहेको थियो ।

फोहर ब्यबस्थापन को लागी काठ्माण्डौ महानगर पालिका ले गाडी को ब्यबस्था मिलाएको अभियान्ता सुमन खत्री ले बताए ।

वाग्मती सफाई महाअभियानको आज ३९८ औं शृङ्खला वाग्मती मनोहरा दोभान आर्ट अफ लिभिङ , प्रमुख अभिय न्ता पुर्व चिनका लागि राजदुत नेपाल सरकारका पुर्व मुख्यसचिव लीलामणि पौडेल , अधिकार सप्पन्न वाग्मती समितीका अध्यक्ष उद्दब तिमिल्सिना , अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख नवराज प्याकुरेल , काठमाडौं महानगरपालिका वातावरण वयवस्था विभाग टेकुका प्रमुख हरि कुमार श्रेष्ठ सहित कर्मचारी , सशस्त्र प्रहरी टोलि , सामाजिक अभियन्ता ,अधिकार सप्पन्न वाग्मती समितिका कर्मचारी सहित जे सि भि ,आलोकनगर टोलका अभियन्ता र वाग्मतीअभियन्ता द्वारा १५ मे टन फोहर व्यवस्थापन गरिएको थियो ।

अधिकार सम्पन्न वाग्मती समिती , काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभाग टेकु , वाग्मती अभियन्ताहरु द्वारा जताततै फोहर फाल्ने पैदल हिड्ने बाटो कब्जा गरि व्यापार व्यवसाय चलाउने सार्वजनिक स्थानहरु, नदि नालाहरुमा फोहोर फाल्ने लाई नसिहत सहित दण्ड जरिवाना गरिएको छ ।जसमा -राजकुमार शर्मा १००० (सडकमा फोहर गरेको), मिना के सि ५००० ,वेखालाल तन्दुकार १००० ,दिपेन्द्र बस्नेत  ५००० ,रत्नकाजि श्रेष्ठ ५०००, सुमन इन्टरप्राइजेज ५०००, कुकर क्याफे  १००० ,जम्मा २३०००् (तेईस हजार रुपियाँ ) काठमाडौं महानगरपालिका वातावरण व्यवस्था विभाग द्वारा जरिवाना गरिएको थियो ।

बागमती सफाई अभियान को एउटा खण्ड तिलगंगा सफाई अभियान को २७९औ साताको सफाई सम्पन्न भएको छ । तिलगंगा महीला समूह र बतास फाउण्डेशन का कर्मचारीहरुको उपश्थितिमा सुरूवात मा जनचेतनामूलक कार्यक्रम र अन्त्यमा नदीको फोहोर ऊठाएर सम्पन्न गरिएको थियो ।

 आलोकनगरसफाई अभियान १९८ औं हप्ताको कार्यक्रम बाग्मति सफाई महाअभियान  सगैं  शंखमूल दोभानमा संपन्न भएको थियो ।

गोदावरी खोला क्षेत्र सरसफाइ अभियान को ९५ हप्ताको कार्यक्रम गोदावरी खोला वरिपरि विभिन्न स्थानमा सरसफाइ गरेर सम्पन्न भयो ।

उपत्यका सरसफाई कार्यक्रम काठ्माण्डौ वडा नं १६ फलफुलचोक देखि खुसुबु नयॉबजारमा  स्मार्ट बचत तथा ऋण सहकारी संस्था लि,फेन्सी व्यवसायी संघ नेपाल,सिद्धि गणेश टोल सुधार समिति लगाएत बिभिन्न सस्थाहरु र समाज सेविहरुको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ।

ललितपुर चक्पथ र मुख्य सडक सरसफाइ तथा सुन्दरता अभियानको ६५औं हप्ताको नियमिता कार्यक्रम  ललितपुर उपप्रमुख गिता सत्याल, वडा न १४ अध्यक्ष राम बाबू महत, वडा सदस्यहरु सगिता अछामि, नारायण थापा, निता कार्कि लगायत स्थानीय सघ सस्थाको सहयाेगमा सम्पन्न भएको नियमित अभियन्ता लक्ष्मी प्रसाद घिमिरे ले जनाएका छन् ।

ईस्वर पुडासैनी को संयोजन मा सुरु भएको  माथिल्लो बागमति सफाई अभियान ३५८ हप्ता बागमती नदीको सरसफाई गर्दै संपन्न भएको  छ ।

राम कुमार श्रेष्ठ  को पहल मा शुरु गरिएको   बिष्णुमति सरसफाइ माथिल्लो भेगको १७ औं हप्ताको कार्यक्रममा बागमती अभियान्ता तथा पुर्व ए आई जी  विज्ञान राज शर्मा को पनि सहभागीतामा  संपन्न भएको छ ।

नागार्जुन नगरपालिका वार्ड नं ६ टौफिकलमा नेप्सेम्याक सेवा प्राली को आयोजनामा जनचेतनामूलक सरसफाई कार्यक्रम गरिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »