सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अभियान्ता हरु कोरोना को डर लाई जित्दै नियमित सरसफाई मा लागे

बागमती सफाइ महाअभियानको ३८२ औं शृङ्खला संखमुल बागमती नदि किनार टोल वरिपरि कुहिने फोहर र नकुहिने फोहोर छुट्याइ बागमती सफाई अभियान्ताहरु , स्थानीय , हनुमान मार्ग टोल विकास समितीका अध्यक्ष सहित भौतिक दुरि कायम गरी सफाई सम्पन्न भएको छ ।

This image has an empty alt attribute; its file name is 118703545_2871404766293906_6771990632077909100_n.jpg

बिष्णुमति सरसफाइ अभियान ३१० औं हप्ता,मनोहरा सरसफाइ अभियान १८१ औं हप्ता आलोकनगर सफाई ,चक्रपथ सरसफाइ अभियान (उत्तरी खण्ड ) ,चक्रपथ सरसफाइ अभियान ( पश्चिम खण्ड ) ,गोदावरी खोला क्षेत्र सरसफाइ अभियान ७९औं हप्ता ,लगाएत का देशै भरी चल्ने अभियान हरु लाई अब कसरी सुरक्षित बनाएर चलाउन सकिन्छ भन्ने कुरा लाई प्रमुख बनाइ गंभिर छलफल गर्दै अगाडी बढ्नु पर्ने अभियान्ताहरु को धारणा रहेको छ

कोरोनाको कारण आम नागरिक सडक मा नानीस्किएको भएपनी केहि फोहोरी मानसिकता भएका ब्यक्ती हरु को कारण सार्वजानिक क्षेत्र मा हुने फोहोर न्युनिकरण गर्न नसकिएको अभियान्ता हरु को गुनासो छ । निजी क्षेत्र का सफाइ का ठेक्का पाएका कम्पनी हरु को लापर्वाही को कारण पनि सडक र नदी कि ना रा म फोहोर देखिएको एक अभियान्ता दावी गर्छन । त्यस्ता कम्पनी हरुले सामाजिक उत्तरदायित्व बहन नगरेको तथा संबन्धित स्थानिय सरकार ले चासो नदिएको कारण कम्पनी हरुले फोहोरमैला ब्यबस्थापन ऐन २०६८ तथा नियमावली २०७१ को निती अनुरुप काम नगरेको अभियान्ता हरु बताउ छन् ।

This image has an empty alt attribute; its file name is 118805539_2871418189625897_5088913578679884009_o-1024x682.jpg

भर्खरै

सम्बन्धित खबर

Language »