सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकाको टेक्सासमा दुई नेपाली युवाको डुबेर मृत्यु

अमेरिकाको टेक्ससमा २ नेपालीभाषी युवकको डुबेर मृत्यु भएको छ। बिहीबार साँझ माछा मार्न गएका टेक्ससको फोर्ट वर्थका बासिन्दा हिकारू गौतम र त्रिशरण खत्रीको डुबेर मृत्यु भएको हो। उनीहरुको शव सोमबार फेला परेको हो। उनीहरु दुवै १९ वर्षका हुन्।

माछा मार्न गएका गौतम र खत्री सम्पर्कमा नआएपछि शुक्रबारदेखि खोजी थालिएको थियो। उनीहरू पोसम किङ्गडम तालभन्दा तल ब्राजस नदीमा माछा मार्दै थिए र त्यहीँ दुर्घटना भएको टेक्सस गेम वार्डन्सका अधिकारीले जनाएका छन् । करिब ११ वटा स्थानीय संस्था तथा त्यसका प्राविधिक उनीहरूको खोजीमा जुटेको थियो। उक्त दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »