सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकाको टेक्सास स्थित डे-केयरमा १ हजार तीन सय जना संक्रमित

अमेरिकाको टेक्सस राज्यमा कोरोनाबाट संक्रमितको संख्या अत्यधिक वृद्धि भै रहेको अवस्थामा त्यहा रहेका शिशु सदन(डे-केयर) तथा बाल हेरचाह/सेवा केन्द्रमा १ हजार ३ सय जना कोरोनाबाट संक्रमित भएका छन् ।

टेक्ससको राज्यको स्वास्थ्य बिभाग तथा मानव सेवाले सोमबार उक्त जानकारी गराएको हो । स्वास्थ्य विभागका अनुसार कम्तिमा १ हजार ३ सय ३५ जना कोभिड-१९ बाट संक्रमित भएको जनाएको छ । उक्त आँकडा गत शुक्रबारबाट लिइएको हो ।

संक्रमित हुने ८९४ मध्ये ४४१ जना बालबालिकाहरु समेत रहेका छन । उक्त तथ्यांक राज्यमा भएका र संचालनमा रहेका कूल ८८३ वटा बाल हेरचाह केन्द्र बाट लिइएको हो ।

गत जुन १५ देखि यस्ता शिशु सदन सेवा केन्द्रमा अत्यधिक रुपमा वृद्धि भएको हो । उक्त समयमा केवल संक्रमितको संख्या १७७ वटा हेरचाह केन्द्रमा २१० जना मात्र संक्रमित रहेका थिए । जस मध्ये १४१ जना कमर्चारी र ६९ जना बालबालिका संक्रमित रहेका थिए ।

आज जुलाई ६ का दिन राज्यभरी १२ हजार २ सय २० बाल हेरचाह केन्द्र खुलेका छन् ।

श्रोत :सिएनएन

भर्खरै

सम्बन्धित खबर

Language »