सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा एकैदिन २५ सयको मृत्यु, मृतक संख्या ३७ हजार, संक्रमित संख्या ७ लाख नाघ्यो

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या झन् बढ्दै गएको छ । शुक्रबार मात्र त्यहाँ एकै दिन हालसम्मकै सर्वाधिक २५ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

यो समाचार तयार गर्दासम्म अमेरिकामा कोरोना संक्रमणका कारण ३५ हजार ४ सय ८१ ले ज्यान गुमाइसकेका छन्, भने संक्रमितको संख्या ६ लाख ८५ हजार ५ पुगेको छ । जसमध्ये ५८ हजार १ सय ६० जना निको भइसकेका छन् । शुक्रबार (पछिल्लो २४ घण्टामा) मात्रै त्यहाँ २ हजार ५३५ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा बिहीबार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या कम देखिएको थियो । बिहीबार दिनभरि अमेरिकामा २ हजार १७४ जनाको कोरोनाका कारण मृत्यु भएको थियाे भने २९ हजार ५६७ नयाँ संक्रमित थपिएका थिए । यससँगै ६० हजार ५१० संक्रमित चाहिँ पूर्णरुपमा निको भइसकेको जनाइएको छ ।

त्यहाँको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै शुक्रबार हालसम्मकै बढी १ हजार २५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यससँगै न्यूयोर्कमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ हजार १३१ पुगेको छ । त्यहाँ कुल संक्रमित २ लाख ३३ हजार ९५१ पुगेको छ ।

अमेरिकाकाे न्यूजर्सी राज्यमा पनि काेराेनाका कारण ३ हजार ८४० जनाले ज्यान गुमाइसकेका छन् । अन्य उच्च मृत्यु देखिएका म्यासाचुसेट्स, मिसिगन, क्यालिफाेर्निया, इल्लिनाेइस, लुसियाना र कन्नेक्टिकट रहेका छन् ।

यसैबीच, इटालीमा ज्यान गुमाउनेको संख्या २२ हजार ७ सय ४५ पुगिसकेको छ, भने संक्रमितको संख्या १ लाख ७२ हजार ४ सय ३४ पुगेको छ । यसैबीच निको हुनेको संख्या ४२ हजार ७ सय २७ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »