सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा कोरोनाकाे कारण ७२ हजारबढीको मृत्यु,दैनिक मृत्यु संख्या २३ सय

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणका कारण अहिलेसम्म ७२ हजार २७१ को मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोना संक्रमितको कुल संख्या १२ लाख ३७ हजार ६३३ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । मंगलबार मात्र अमेरिकामा कोरोनाका २४ हजार ७९२ नयाँ संक्रमित फेला परेका छन् । साेमबार पनि त्यहाँ २४ हजार ७१३ नयाँ संक्रिमत फेला परेका थिए ।

यसअघि अप्रिल २७ मा मार्च ३० यताकै सबैभन्दा कम २३ हजार १९६ नयाँ संक्रमित भेटिएका थिए । तर पछिल्ला दिनहरूमा फेरि दैनिक संक्रमित संख्यामा उतारचढाव आइरहेको छ । आइतबार त्यहाँ २७ हजार ३४८ नयाँ संक्रमित थपिएका थिए ।

अमेरिकामा हालसम्म कुल संक्रमितमध्ये २ लाख भन्दा बढी मानिस भने पूर्ण रुपमा निको समेत भइसकेका छन् । बाँकी ९ लाख ६४ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १६ हजारभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेकाे छ । केही दिन मृत्यु संख्या स्वाट्टै घट्ने र फेरि केही दिनमै ह्वात्तै बढ्ने भइरहेकाे छ । मंगलबार मात्र त्यहाँ २ हजार ३४९ काे ज्यान गयाे । यद्यपि साेमबार र आइतबार भने याे संख्या घटेर निकै तल आएकाे थियाे । साेमबार त्यहाँ काेराेनाका कारण १ हजार ३२४ को ज्यान गयो । आइतबार पनि अमेरिकामा १ हजार १५३ को मृत्यु भएकाे थियाे । तर फेरि मंगलबार दैनिक मृत्युसंख्या दाेब्बरले बढेकाे देखिएकाे छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य न्यूयोर्कमा भने पछिल्ला केही दिनमा कोरोना संक्रमणका घटना र दैनिक मृत्युमा कमी देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा (मंगलबार) कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २६० मा झरेकाे छ । साेमबार भने त्यहाँ एकै दिनमा २९६ जनाकाे मृत्यु भएकाे थियाे ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्स खारेज गर्ने बताएका छन् । अमेरिकामा कोरोना संक्रमण फैलिँदै गएपछि त्यसविरुद्ध लड्न ट्रम्प प्रशासनले उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा कोरोना टास्क फोर्स बनाएको थियो । अहिलेको टास्क फोर्सले राम्रो काम गरेको बताउँदै अब त्यसमा परिवर्तन आवश्यक रहेको ट्रम्पले बताएका छन् ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि धेरै देशहरुले लकडाउन गरे पनि अमेरिकाले गरेको छैन । ट्रम्पका आलोचकले अर्थतन्त्र खुला गर्ने नाममा नागरिकको जीवन जोखिममा पारेको बताउँदै आएका छन् । ट्रम्पले भने अमेरिकालाई अझै पाँच वर्षसम्म बन्द गर्न नसकिने बताएका छन् ।

सबैभन्दा बढी प्रभावित १५ राज्यको पछिल्लो अवस्था-

भर्खरै

सम्बन्धित खबर

Language »