सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा कोरोनाबाट एकैदिन २८ सयको मृत्यु, संक्रमित संख्या ८ लाख नाघ्यो

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस अर्थात् कोभिड- १९ को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या फेरि ह्वात्तै बढेको छ ।

मंगलबार अमेरिकामा कोरोनाबाट हालसम्मकै बढी २ हजार ८०२ को मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । यससँगै अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ३१६ पुगेको छ । यसअघि अप्रिल १५ मा काेराेनाबाट २ हजार ६१८ काे ज्यान गएकाे थियाे, त्यसयता मंगलबार भएकाे दैनिक मृत्यु हालसम्मकै उच्च हाे ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख १९ हजार ८०५ पुगेको छ । जसमा मंगलबार एकैदिन २७ हजार ४६ संक्रमित थपिएका छन् । साथै, ८२ हजार ९२३ जना भने पूर्ण रूपमा निकाे समेत भइसकेका छन् ।

अमेरिकामा आइतबार दैनिक मृत्यु संख्या निकै घटेकाे थियाे । आइतबार त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ५६१ जनाले ज्यान गुमाएका थिए । तर सोमबार फेरि एकै दिन त्यहाँ कोरोना भाइरसका कारण १ हजार ९३९ को मृत्यु भएको थियाे ।

त्यहाँकाे सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १९ हजार ६९३ पुगेकाे छ । मंगलबार मात्र त्यहाँ ७६४ काे मृत्यु भएकाे छ भने ४ हजार ४६१ नयाँ संक्रमित फेला परेका छन् ।

साेमबार त्यहाँ ६३१ जनाकाे मृत्यु भएकाे थियाे भने ४ हजार ८७९ नयाँ संक्रमित फेला परेका थिए । आइतबार त्यहाँ एकै दिनमा ६२७ जनाकाे मृत्यु भएकाे थियाे । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमितकाे संख्या २ लाख ५६ हजार नाघेकाे छ ।

अर्काे बढी प्रभावित राज्य न्यूजर्सीमा काेराेना संक्रमितकाे संख्या ९२ हजार ३८७ पुगेकाे छ । त्यहाँ ४ हजार ७५३ जनाले ज्यान गुमाएका छन्, जसमा ३७६ जनाकाे मृत्यु मंगलबार मात्र भयाे ।

सबैभन्दा बढी प्रभावित १५ राज्यकाे पछिल्लाे अवस्था-

भर्खरै

सम्बन्धित खबर

Language »