सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२ हजार नाघ्यो

काठमाडौँ । संयुक्त राज्य अमेरिकामा कोभिड- १९ (कोरोनाभाइरस) का कारण ज्यान गुमाउनेको संख्या २२ हजार नाघेको छ । आइतबार मात्रै त्यहाँ १५ सयबढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण २२ हजार १०८ को मृत्यु भइसकेको छ । पछिल्लो केही दिनयता २ हजार हाराहारी मृत्यु हुँदै आएको अमेरिकामा आइतबार भने मृत्यु हुनेकाे संख्या केहि घटेकाे वल्र्डोमिटर्सको तथ्यांकले देखाउँछ ।

पछिल्लो केही दिनयता त्यहाँ दैनिक ३० हजारभन्दा बढी नयाँ संक्रमित फेला पर्दै आएका छन् । आइतबार पनि एकै दिन २८ हजार बढी नयाँ बिरामी थपिएका छन् । यससँगै कोभिड १९ का कुल संक्रमित ५ लाख ६० हजार ४२५ पुगेको छ । ३२ हजार ६३४ जना भने निकाे भइसकेका छन् ।

शुक्रबार मात्र अमेरिकामा हालसम्मकै सर्वाधिक २ हजार ३७ जनाकाे काेराेनाका कारणा मृत्यु भएकाे थियाे । शुक्रबार ३३ हजार ४८३ जना नयाँ संक्रमित फेला परेका थिए । अमेरिकाकाे सबैभन्दा बढी प्रभावित न्यूयाेर्क सहित ३ राज्यमा मात्रै काेराेनाबाट १३ हजार बढीकाे मृत्यु भइसकेकाे छ ।

याे समाचार तयार पार्दासम्म न्यूयाेर्कमा मात्रै ९ हजार ३८५ जनाकाे मृत्यु भइसकेकाे छ । त्यहाँ आइतबार एकै दिन ७५९ जनाकाे मृत्यु भएकाे छ भने ८ हजार २७१ नयाँ संक्रमित फेला परेका छन् । यससँग कुल संक्रमित संख्यामा न्यूयाेर्क विश्वका अन्य देशभन्दा पनि अगाडि पुगेकाे छ । त्यहाँ हालसम्म १ लाख ९० हजार जनामा संक्रमण फैलिसकेकाे छ ।

यसैगरी न्यूजर्सी राज्यमा मात्रै २ हजार ३५० जनाकाे मृत्यु भएकाे छ । त्यहाँ पनि मृतक संख्या बढ्दै गएकाे छ । आइतबार मात्र त्यहाँ काेराेनाबाट १६७ जनाकाे मृत्यु भएकाे छ भने ३ हजार ६९९ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमित १६ हजार ८५० पुगेकाे छ ।

अर्काे बढी प्रभावित राज्य मिसिगनमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १ हजार ४८७ पुगेकाे छ । ९५ जनाकाे मृत्यु पछिल्लाे २४ घण्टामा मात्रै भएकाे हाे । यसरी बढी प्रभावित तीन राज्यमा मात्रै काेराेनाबाट १३ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

मृत्यु हुने र संक्रमित हुनेकाे सूची हेर्नुहाेस्

भर्खरै

सम्बन्धित खबर

Language »