सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा कोरोनाबाट ४० हजार भन्दा बढीको मृत्यु, दैनिक मृत्यु संख्या घट्दै

काठमाडौं । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४० हजार नाघेको छ । त्यहाँ अघिल्ला दिनहरुको तुलनामा दैनिक मृत्यु संख्या भने केही घटेको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना भाइरसका कारण ४० हजार ५४८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । जसमध्ये आइतबार मात्र त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ५३४ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको उद्गम स्थल चीन भएपनि सबैभन्दा बढी अमेरिकामा काेराेनाकाे संक्रमण भएकाे छ । काेराेनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । अहिलेसम्म अमेरिकामा काेराेना संक्रमितकाे संख्या ७ लाख ६४ हजार बढी रहेकाे छ । आइतबार मात्रै अमेरिकामा २५ हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ७१ हजार भने पूर्णरूपमा निकाे भएका छन् ।

काेराेनाका कारण मृत्यु हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका नै छ । काेराेनाका कारण अहिलेसम्म अमेरिकामा ४० हजार ५४८ काे मृत्यु भइसकेकाे छ । त्यहाँ आइतबार मात्रै १ हजार ५३४ काे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ ।

अमेरिकामा अहिले ६ लाख ५२ हजार ७५२ जनामा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये १३ हजार ५६६ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ ।

त्यहाँकाे सबैभन्दा बढी प्रभावित राज्य न्यूयाेर्कमा मात्रै काेराेना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या १८ हजार २९८ पुगेकाे छ । अातइतबार त्यहाँ एकै दिनमा ६२७ जनाकाे मृत्यु भएकाे छ भने ६ हजार १७४ नयाँ संक्रमित थपिएका छन् । यससँगै न्यूयाेर्कमा मात्रै काेराेना संक्रमितकाे संख्या २ लाख ४७ हजार नाघेकाे छ ।

अमेरिकापछि स्पेन, इटाली, फ्रान्स, जर्मनीमा बढी संक्रमण भएकाे छ । वर्ल्डो मिटर्सका अनुसार स्पेनमा अहिलेसम्म १ लाख ९८ हजार ६७४ संक्रमित भएका छन् । संक्रमितमध्ये ७७ हजार ३५७ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »