सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा कोरोना संक्रमित १८ हजार १२१ पुगे: न्युयोर्कमा मात्रै ८ हजार संक्रमित

न्युयोर्क राज्यमा मात्र कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । न्युयोर्क समय अनुशार ४ बजेसम्मको तथ्यांक अनुशार न्युयोर्क राज्यमा संक्रमितको संख्या ८ हजार २ सय ९९ पुगेको छ ।

न्युयोर्क सिटीमा मात्र कोरोना संक्रमणका बिरामी ५ हजार नाघेका छन् । वेष्टचेस्टरमा ११ सय नाघेका छन् । लंग आइल्याण्डमा पनि एकहजार नाघिसकेका छन् ।

आजमात्रै न्युयोर्क राज्यमा २९३२ जना कोरोना संक्रमणका बिरामी थपिएका छन् । न्युयोर्कमा आजमात्रै ८ जनाको मृत्यु भएपछि मृतकको संख्या ४२ पुगेको छ । न्युयोर्कको वेष्टचेस्टरका कोरोना संक्रमित वकिलको पनि आज मृत्यु भएको छ । ती वकिल न्युयोर्कमा दोश्रो संक्रमित व्यक्ति थिए ।

अमेरिकामा आजमात्रै ४३ सय २८ संक्रमित थपिएका छन् । मृतकको संख्या आजमात्रै २६ थपिएपछि २ सय ३३ पुगेको छ । बन्द गरिएका केसहरु अमेरिकामा ३५८ रहेका छन् जसमध्ये ६५ प्रतिशत अर्थात् २३३ को मृत्यु भएको छ भने ३५ प्रतिशत अर्थात् १२५ जना निको भएर घर फर्किएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »