सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा कोरोना सङ्क्रमण र मृत्युदर सबैभन्दा कम भएको ट्रम्पको दाबी

काठमाडौं / ०६ साउन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना सङ्क्रमणको दर निकै कम भएको दाबी गरेका छन्। फक्स न्युजसँग दिएको एउटा अन्तवार्तामा ट्रम्पले आफ्नो देशमा सबैभन्दा कम मृत्युदर रहेको बताएका हुन्।

अमेरिकाले कोरोना परीक्षण धेरै गरेका कारण कोरोना सङ्क्रमणको दर बढी देखिएको ट्रम्पको भनाइ छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाका कारण विश्वमा ६ लाखभन्दा बढी मानिसको ज्यान गएको छ । जसमध्ये सबैभन्दा बढी ज्यान गुमाउनेमा अमेरिका रहेको देखाएको छ ।

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख ४० हजारभन्दा बढी छ ।

तर राष्ट्रपति ट्रम्पले कोरोनाका कारण अमेरिकामा भएको मृत्युदरको तथ्यांक सही नभएको दाबी गर्नुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »