सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा संक्रमितको संख्या ६० लाख नाघ्यो, कलेजमा पनि फैलियो संक्रमण

काठमाडौं । अमेरिकामा आइतबार कोरोनाभाइरस संक्रमितको संख्या ६० लाख पार भएको छ ।

यसका साथै मिडवेस्टका थुप्रै राज्यमा संक्रमण तीब्र रुपमा बढ्न थालेको छ ।

आयोवा, नर्थ डाकोटा, साउथ डाकोटा र मिनिसोटामा संक्रमितको संख्यामा रेकर्ड स्तरको वृद्धि भएको छ ।

यस्तै मोन्टाना अस्पतालमा भर्ना गरिएका बिरामीको संख्यामा पनि वृद्धि भएको छ ।

देशभरीको आँकडाको कुरा गर्ने हो भने, नयाँ संक्रमित, मृत्यु र अस्पतालमा भर्ना हुनेहरुको संख्या कम नै भइरहेको छ तर मिडवेस्टमा नयाँ हटस्पट देखिन थालेका छन् ।

समाचार एजेन्सी रोयटर्सका अनुसार आयोवामा थुप्रै यस्ता काउन्टिजमा नयाँ संक्रमित देखा परेका छन् जहाँ युनिभर्सिटी र कलेजमा कक्षा चालू भएका थिए ।

तर कलेज खोलिएपछि संक्रमितको संख्यामा तीब्र वृद्धि देखिएको छ । यस्तोमा केही कलेज पुनः अनलाइन कक्षामा फर्किएका छन् ।

युनिभर्सिटीका चान्सलरले भने, ‘हामीले खबर पाएका छौं कि विद्यार्थीहरुले पार्टी गरेका थिए जसमा धेरै मानिसहरुको सहभागिता थियो ।

तीमध्ये कोभिड–१९ को लक्षण देखिएका विद्यार्थी पनि समावेश भएका थिए ।’

भर्खरै

सम्बन्धित खबर

Language »