सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकामा संख्या ४२ लाख ४८ हजार कोरोना संक्रमित,एकै दिन ७७ हजारमा संक्रमण

काठमाडौँ। अमेरिकामा एकै ७७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ७७ हजार ८८५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ४२ लाख ४८ हजार २०३ पुगेको छ।

यस्तै एकै दिन १ हजार १२९ जनाको मृत्यु भएपछि अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ४८ हजार ४७८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २० लाख २७ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २० लाख ७२ हजार ११० जनामध्ये १९ हजार १०० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »