सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकालाई प्रार्थना जरुरी भएकाले चर्चहरु खोल्नुपर्ने ट्रम्पको भनाई

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चहरु खोल्नुपर्ने बताएका छन् । ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नुपर्ने जरुरी रहेको बताएका हुन् । ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन,अमेरिकामा प्रार्थनाको आवश्यकता छ’ उनले भने।

कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन बन्द गरिएको छ । अमेरिकामा कोरोनाबाट १६ लाख बढी संक्रमित छन् भने ९५ हजार ९ सय २१ जनाको मृत्यु भएको छ । मृतकको संख्या ९५ हजार पुगे लगत्तै उनले ट्वीट गरेर शोकमा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने घोषणा गरेका थिए ।

मार्च महिनामा प्रान्तहरुमा गभर्नरको आदेश थियो कुन व्यापारिक प्रतिष्ठान वा स्थान कसरी र कति सयसम्म बन्द रहने भनेर । अहिले गभर्नरले नै कहिले र कसरी प्रतिबन्ध खुकुलो गर्ने भन्ने तय गर्छन् । यसमा चर्चमा भेला हुने सीमा पनि समावेश छ ।

यद्यपि अमेरिकी राष्ट्रपतिसमक्ष धेरै शक्ति केन्द्रित गरिएको हुन्छ तर उनी केही नरम खालका छन् । अमेरिकी राष्ट्रपतिले राज्यपाललाई सहमत गराउन सक्छन् चर्च खोल्न निर्देशन दिन सक्दैनन् ।

चर्चमा धार्मिक सेवा बहाल नगरेमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केही यस्ता अधिकार छन् जसबाट उनले आफ्नो कुरामा गभर्नरलाई सहमत गराउन सक्छन् । जस्तै उनले प्रान्तलाई प्राप्त हुने सहायता कटौती गर्न सक्छन् । तर अहिलेसम्म उनीबाट त्यस्तो धम्की आएको छैन । यदि उनले त्यस्तो धम्की दिए भने त्यसबाट राजनीतिक रुपमा उनलाई नै नोक्सान हुने बताइएको छ किनभने राष्ट्रपतिको चुनाव पनि नजिकिँदै छ ।

भर्खरै

सम्बन्धित खबर

Language »