सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिका काेराेना : ५० लाख संक्रमित, १ लाख ६२ हजार बढीकाे निधन

काठमाडौं। संयुक्त राज्य अमेरिका र भारतमा एकै दिन एक लाखभन्दा बढी काेराेना संक्रमित भेटिएका छन् ।

वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार अमेरिकामा ५८ हजार १ सय ५ जना संक्रमित भेटिएका छन् भने भारतमा बिहीबार ६२ हजार १ सय ७० जना संक्रमित भेटिएका छन् ।

याेसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ३१ हजार ६ सय ७३ पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोनाबाट मृत्यु हुनेकाे संख्या १ लाख ६२ हजार ७ सय ८० पुगेकाे छ । ज

समा १ हजार ७ सय ७९ जनाकाे भने पछिल्लाे २४ घण्टामा मात्रै भएकाे छ ।

कुल संक्रमितमध्ये २५ लाख ५९ हजार ८६२ जना भने पूर्ण रुपमा निको समेत भइसकेका छन् ।

बाँकी २२ लाख ९२ हजारभन्दा धेरै संक्रमित हाल उपचाररत छन्, जसमध्ये १८ हजार ३ सयभन्दा बढी केस जटिल अवस्थाका रहेको जनाइएको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकी राज्य क्यालिफाेर्नियमा भएकाे छ । त्यहाँ अहिलेसम्म ५ लाख ४१ हजार १९० जना संक्रमित भएका छन् भने १० हजार २० जनाकाे मृत्यु भएकाे छ ।

बिहीबार मात्र त्यहाँ ८ हजार ४ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् भने १ सय ४८ जनाकाे मृत्यु भएकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »