सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिका कोरोना : संक्रमित २५ लाख , १ लाख २३ हजार बढीको मृत्यु

काठमाडाैँ / १२ असार

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेकाे कुल संख्या २५ लाख नाघेकाे छ ।विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार बिहानसम्म कुल संक्रमित संख्या २५ लाख ४ हजार ५८८ पुगेकाे छ ।

बिहीबार एकै दिन मात्र त्यहाँ ४० हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएकाे छ । याे अघिल्ला दिनहरूकाे तुलनामा निकै बढी हाे । अमेरिकामा हालसम्मकै बढी दैनिक संक्रमणका केस बिहीबार नै फेला परेका हुन् ।

त्यस्तै अमेरिकामा काेराेना भाइरसका कारण मृत्यु हुनेकाे संख्या विश्वमै अधिक रहेकाे छ । त्यहाँ हालसम्म १ लाख २३ हजार ७८० जनाकाे भाइरस संक्रमणका कारण मृत्यु भइसकेकाे छ । बिहीबार त्यहाँ काेराेनाबाट ६४९ जनाकाे मृत्यु भएकाे छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ । अघिल्लाे दिन त्यहाँ ८१२ काे मृत्यु भएकाे थियाे ।

अमेरिकामा पछिल्लाे समय काेराेना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजाेर हुँदै गएकाे बताइन्छ । किनकि संक्रमण दरकाे तुलनामा मृत्युदर घटिरहेकाे छ भने निकाे हुनेकाे संख्या पनि बढिरहेकाे छ । अहिलेसम्म अमेरिकामा १० लाख ५२ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निकाे भइसकेकाे जनाइएकाे छ । पछिल्लाे २४ घण्टामा (बिहीबार) त्यहाँ ११ हजार मानिस निकाे भएका छन् । यद्यपि अझै १२ लाख २५ हजारभन्दा बढीमा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »