सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिका र अष्ट्रेलियाबाट पत्रकार देव लामालाई ३ लाख ४५ हजार, ग्रीन सिटीले बचन पुरा गरेन ?

काठमाडाैँ । पत्रकार तथा फिल्म निर्देशक देव लामाको उपारका लागि अमेरिका र अष्ट्रेलियामा रहेका तामाङ दाजुभाईहरुबाट संकलन गरि पठाएको ३ लाख ४५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

सारा खबरको मिलन लामाको पहलमा भएको उक्त रकम हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार जगत मान दोङ, अमेरिकामा रहनु भएका तर हाल नेपालमा रहेका विकुलाल वाइवाको उपस्थितिमा अमेरिकाबाट पठाएका ८८,५०० रकम हस्तान्तरण गरिएको छ भने अष्ट्रेलियको एन एस डब्लु तामाङ सोसाइटीका अध्यक्ष सुनदाेर्जे तामाङ (घिसिङ), तामाङ सोसाइटी अफ मेलबोनको अध्यक्ष पेमा बोम्जनकाे संयुक्त पहलमा पठाएको २ लाख ५७ हजार ३०४ रुपियाँ नेकपाका युवा नेता प्रदिप कुमार तामाङ र युवा व्यवसायी सुरेन्द्र घिसिङबाट हस्तान्तरण गरेको हो ।

सारा खबरको पत्रकार मिलन लामा दोङसँगको संवादका क्रममा अध्यक्ष सुनदाेर्जे तामाङले आवश्यक थप सहयोगका लागि पनि पहल गर्ने बताउनु भएको छ ।

तामाङ सोसाइटी अफ अमेरिका डालासका अध्यक्ष टि छिरिङ लामा दोङले १०१, संग्राम सिं तामाङ दोङले $२००, शंकार छिरिङले $५१, सुनिता पाख्रिन $५०, राजाराम पाख्रिन $१०१, संन्ज तामाङ $२०, सुर्य मोक्तान $६९, अन्योन नाम भएको व्यक्तिले $१०१, रचन योञ्जन $५१ गरी जम्मा सात सय र्तिचालीस डलर संकलन गरी पत्रकार देव लामाको उपचारका लागि पठाएको थियो । यसरी नै अमेरिकामा रहेका भुटनीज नेपालीहरुले पनि ६१ हजार नेपाली रकम पठाएको छ ।

For Video,

भर्खरै

सम्बन्धित खबर

Language »