सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकी कम्पनीविरुद्ध मेक्सिकोद्वारा मुद्दा दायर

मेक्सिको सरकारले अमेरिकाका केही ठूला बन्दुक निर्माण कम्पनीमाथि तिनीहरूको व्यापार व्यवसायले हत्या र हिंसालाई उक्साइरहेको भन्दै क्षतिपूर्तिको माग गरेको छ ।

ती कम्पनीविरुद्ध दायर गरिएको मुद्दामा तिनीहरूले अवैध हातहतियार ओसारपसारलाई प्रोत्साहित गरिरहेको र यसैकारण बिनाकारण थुप्रै मानिसको अकालमा ज्यान जाने गरेको व्यहोरा उल्लेख छ । मेक्सिकोका सरकारी अधिकारीहरूले १० अर्ब अमेरिकी डलरसम्मको क्षतिपूर्ति लिन खोजिरहेको तर यसको निर्णय अदालतले नै तय गर्ने जनाएका छन् ।

यस विषयमा ती सम्बन्धित अमेरिकी कम्पनीहरूले कुनै पनि प्रतिक्रिया जनाएका छैनन् । यसरी मुद्दा लगाइएकामा स्मिथ एन्ड बेस्सन र ब्यार्रेट फायरआम्र्स लगायतका थुप्रै कम्पनी रहेका छन् । अन्तर्राष्ट्रिय समाचार निकाय बीबीसीले ती कम्पनीहरूसँग सम्पर्क गरी प्रतिक्रिया लिन खोजेको थियो ।

यो मुद्दा बुधबार अमेरिकी राज्य मास्साचुसेत्समा दायर गरिएको थियो । मेक्सिको सरकारले ती कम्पनीका कारण लागुऔषध कारोबारी र अन्य आपराधिक समूहलाई अवैधरूपमा बन्दुक उपलब्ध हुँदै आएको आरोप लगाएको छ । मेक्सिकोको विदेश मन्त्रालयले यसरी आफ्ना उत्पादन अवैध अपराधीहरूका हातमा परिरहेको जानकारी ती कम्पनीलाई भएको बताएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »