सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकी दुताबासलाई लक्षित गर्दै इरानी सुरक्षा बलद्वारा रकेट आक्रमण

इरानी सुरक्षा बलले अमेरिकी दूतावासमा फेरि रकेट हमला गरेको छ।

राजधानी बग्दादको ग्रिन जोन इलाकामा आइतबार अमेरिकी कुटनीतिज्ञ तथा सैन्य इलाकालाई लक्षित गरी दुईवटा रकेटबम प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

तर, हमलाले कुनै क्षति नगरेको बताइएको छ। पहिलो हमला ग्रिन जोनमा रहेको अमेरिकी दूतावास छेउमा र दोस्रो बग्दाद नजिकै रहेको सैन्य क्याम्पलाई निसाना बनाएर गरिएको इरानी सेनाले जनाएको छ।

गएको अक्टोबरदेखि अहिलेसम्म अमेरिकी कुटनीतिज्ञ तथा सुरक्षाकर्मीलाई लक्षित गरी इरानले तीन दर्जन भन्दा बढी मिसाइल हमला गरिसकेको छ।

गएको अक्टोवरमा अमेरिकाले गरेको कारवाहीमा इरानका उच्च कमान्डर कासिम सुलेमानी, इरानका अर्धशैनिक बलका उपप्रमुख हशद अल–शाबीलगायतको मृत्यु भएको थियो। त्यसयता इरान र अमेरिकाबीच तनाव जारी छ।

भर्खरै

सम्बन्धित खबर

Language »