सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अम्बर तामाङको अध्यक्षतामा तामाङ पर्यटन व्यवसायीहरू सङ्गठित

काठमाडौँ  तामाङ समुदायबाट पर्यटन व्यवसायमा लागेको व्यवसायीहरू सङ्गठित भएका छन् पर्यटन क्षेत्रमा सक्रिय तामाङ पर्यटन व्यवसायीहरूको भेलालेतामाङ रिमठिम पर्यटन सञ्जालनामक संस्था स्थापना गरेका छन्
स्वयम्भू अवस्थित तामाङ कुताप धिम रेस्टुरेन्ट एन्ड सेलो घरमा वरिष्ठ पर्यटन व्यवसायी कर्ण बहादुर तामाङको संयोजकत्वमा बसेको दोस्रो भेलाले सो संस्था स्थापना गरेको हो
भेलाले अम्बर तामाङको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति चयन गरेको जसमा उपाध्यक्षमा सरिता लामा, महासचिवमा छेटुप तामाङ, सचिवमा नरध्वज तामाङ, कोषाध्यक्षमा रितु ग्याम्दान सदस्यहरूमा कुमार लामा, रबीदास दोङ, विजय थोकर, वसन्त तामाङ, उर्के तामाङ, दोर्जे तामाङ, दावा वाङदी तामाङ, बुद्ध सिं तामाङ, हिमाल तामाङ प्रेम तामाङ रहेका छन्
उक्त संस्थाको संरक्षकमा प्रथम कान्छो सगरमाथा आरोही शम्भु तामाङ, सल्लाहकारहरूमा तिलक लामा, सन्तवीर लामा, भूमि लामा, कर्ण बहादुर तामाङ, कर्ण बहादुर लामा, भीम बहादुर तामाङ, फुल कुमार लामा, हरिमान लामा, लाप्साङ लामा पाल्देन तामाङ रहेका छन्
उक्त संस्थाका महासचिव छेटुप लामाका अनुसार संस्थाको उद्देश्य तामाङ व्यवसायीहरू बिच आत्मीयता सामिप्यता वृद्धि गर्न बन्धुत्वको भावना सम्बन्ध स्थापित गर्दै समग्र तामाङ ब्यबसासायीहरु एकीकृत सङ्गठित गर्दै लैजाने, ब्यबसायिक प्रवर्द्धन, पर्यटकीय तालिम, अभिमुखीकरण सशक्तीकरणको कार्यक्रमहरू सञ्चालन गर्ने, पर्यटकीय गन्तव्यहरूको खोजी गर्ने, तामाङ इतिहास, भाषा, कला, संस्कृति सम्पदाको जगेर्ना गर्ने, स्रष्टा सम्मान तथा उत्कृष्ट तामाङ पर्यटन व्यवसायीहरू अन्य विधामा तामाङ्हरुले गरेको योगदानको कदर गर्दै सम्मान तथा अभिनन्दन कार्यक्रमहरू आयोजना गर्ने आदि रहेको
निकट भविष्यमा समग्र पर्यटनसँग सम्बन्धित विधाहरू ट्रेकिङ, ट्राभल, राफटिङ्, होटेल, रेस्टुरेन्ट, कार्गो, गार्मेन्ट, टेक्सटाइल, थान्का, ह्याण्डिक्राफ्ट, लज तथा होम स्टे ब्यबसायीहरुलाइ समेत समेटेर लैजाने, पर्यटकीय क्षेत्रहरूमा उपसमितिहरू गठन गर्ने लक्ष्य राखेको महासचिव लामाले जानकारी दिए

भर्खरै

सम्बन्धित खबर

Language »