सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अरुको नाममा रहेको टेलिकम वा एनसेलको नम्बर कसरी आफ्नो नाममा ल्याउने ?

नेपाल सरकारले हालसालै परीक्षणका रूपमा सार्वजनिक सेवालाई डिजिटलाइज गर्न नागरिक एप प्रयोगमा ल्याएको छ । सो एप चलाउन प्रयोगकर्ताले आफ्नो मोबाइल नम्बर र आफ्नो परिचयपत्र (नागरिकता, सावरी चालक अनुमानि पत्र, मतदाता परिचयपत्र, पासपोर्ट मध्ये एक ) सहितको विवरण पेश गर्नुपर्ने हुन्छ । यसो गर्दा करिपय प्रयोगकर्ताको भने आफूले चलाउने मोबाइल नम्बर आफ्नो नाममा नहुँदा समस्या आएको छ । यस्तो अवस्थामा या अन्य अवस्थामै पनि आफूले चलाएको अरुको नामको सिम कसरी आफ्नो नाममा नामसारी गर्ने त ?

नेपाल टेलिकमको सिम प्रयोगकर्ताको लागी,

*922# डायल गरेर आफूले प्रयोग गरिरहेको सिम कार्डको विवरण पाउन सकिन्छ । सिम कार्ड आफ्नो नाममा नरहेको खण्डमा विवरण अद्यावधिक वा नामसारी गर्न तथा आफ्नो नामको हिज्जे सही नभएमा सच्याउनका लागि नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्दछ । अरूको नाममा रहेको प्रिपेड सिम कार्ड लामो समयदेखि आफैले प्रयोग गरिरहेको अवस्थामा आफ्नो सक्कल नागरिकता, फोटोकपी र एक प्रति फोटो लिएर नजिकैको दूरसञ्चार कार्यालयमा गई त्यहाँ उपलब्ध गराएको फाराम भरि अद्यावधिक गर्न सकिन्छ । साथै विगत ६ महिनाभित्र सिम कार्डबाट भएका केही कलहरू भेरिफाइ गर्नुपर्दछ । त्यस्तै पोस्ट पेड सिम कार्ड नामसारीका लागि भने अहिले सिम कार्ड प्रयोग गरिरहेको व्यक्ति र जसको नाममा रहेको सिम हो सो व्यक्ति दुवै दूरसञ्चार कार्यालयमा उपस्थिति हुनुपर्दछ । अभिलेखमा सिम कार्ड प्रयोगकर्ताको नाम भएको व्यक्ति उपस्थित हुन नसक्ने खण्डमा सो व्यक्तिको नागरिकता प्रमाणपत्रको फोटोकपी र वारेसनामा आवश्यक पर्दछ । सिम कार्ड प्रयोग गरिरहेको व्यक्तिको नागरिकताको सक्कल प्रमाणपत्र, फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । संस्थागत नामसारीको हकमा भने दुवै संस्थाको प्यान नम्बर तथा दर्ताको कागजात आवश्यक पर्दछ । यी कागजात लिइ दूरसञ्चार कार्यालयमा उपस्थित भइ नियमअनुसार नामसारी गर्न सकिन्छ ।

एनसेल प्रयोगकर्ताका लागि,

यदि तपाईंले प्रयोग गरिरहेको एनसेल सिम अरु कसैको नाममा दर्ता भएको छ र यस्तो अवस्थामा आफ्नो नाममा नामसारी गर्न आफ्नो नागरिकता र फोटो लिई जसको नाममा सिमकार्ड रहेको छ उ समेत सँगै एनसेल सेन्टरमा उपस्थित गराउनुपर्ने हुन्छ । यदि सिमकार्ड दर्ता भएको व्यक्ति उपस्थित हुन नसकेमा सो व्यक्तिको वारिसनामा उपलब्ध गराउनुपर्छ । पछिल्लो ६ महिनादेखिको १० देखि १५ कल डिटेल्स उपलब्ध गराउनुपर्छ । संभव भए सिम किन्दाखेरीको पिन र पुक नम्बर उपलब्ध गराउनुपर्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »