सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अर्घाखाँचीमा कोरोना फैलिएको जिल्लाबाट तरकारी ल्याइएको भन्दै ‘डम्पिङ साइट’मा फालियो

काठमाडौं । कोरोना फैलिएको जिल्लाबाट ल्याइएको भन्दै अर्घाखाँचीको सन्धिखर्कमा तरकारी नष्ट गरिएको छ। आइतबार छिमेकी जिल्ला कपिलवस्तुको बुद्धभूमीबाट विक्रीको लागि लगिएको हरियो तरकारीलाई नष्ट गरिएको हो।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. १ मा बिगत लामो समयदेखि खाद्यान्न, तरकारी र फलफूल विक्री गर्दै आइरहेको पुष्पा स्टोरमा लगिएको एक जिप हरियो तरकारी आइतबार नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश विष्टको निर्देशनमा भएको उक्त कार्यप्रति किसानहरुले भने आपत्ति जनाएका छन्।

पुष्पा स्टोर्सका संचालक किशोर बानियाँले लकडाउनका कारण जिल्लामा हरियो तरकारी अभाव भएपछि कपिलवस्तुबाट बोडी, करेला, लौका, घिराैंला, भिण्डी, टमाटर, खुर्सानी लगायतका हरियो तरकारी विक्रीको लागि लगेका थिए।

तर स्टोर्समा लैजाँदै गर्दा स्थानीय प्रशासनको इजाजत बिना ल्याइएको र हरियो तरकारीबाट कोरोना संक्रमण हुन सक्ने भन्दै प्रहरी टोलीले सन्धिखर्कस्थित डम्पिङ साइटमा लगेर नष्ट गरेको हो।

कोरोना संक्रमणको नियन्त्रणको लागि भन्दै अर्घाखांचीले यसअघि छिमेकी जिल्लाका सीमा नाकाहरु सिल गरेको थियो। तर जिल्लामा संचालित अन्य खाद्यवस्तु तथा विकास निर्माणमा प्रयोग हुने सामाग्री भने निर्वाध रुपमा भित्र्याइँदै आएको छ।

प्रहरी नायब उपरिक्षक विष्टले जिल्लास्थित व्यापारिक संघसंस्थाहरुको उपस्थितिमा कोरोना संक्रमणको बेला कुनै पनि जिल्लाबाट तरकारी तथा फलफूल आयात नगर्ने निर्णय गरेकोले सोही अनुरुप नष्ट गरिएको स्वीकार गरेका छन् ।

कोरोना संक्रमणको नियन्त्रणको लागि भन्दै अर्घाखांचीले यसअघि छिमेकी जिल्लाका सीमा नाकाहरु सिल गरेको थियो। तर जिल्लामा संचालित अन्य खाद्यवस्तु तथा विकास निर्माणमा प्रयोग हुने सामाग्री भने निर्वाध रुपमा भित्र्याइँदै आएको छ।

तराईका जिल्लामा उत्पादित अन्य खाद्यवस्तु आयात गर्दै जिल्लावासीको माग पुरा गर्दै आएको अर्घाखांचीमा छिमेकी जिल्ला कपिलवस्तुका किसानले उत्पादन गरेको हरियो तरकारी यसरी नष्ट गर्नु गैरजिम्मेवार पूर्ण कार्य भएको कपिलवस्तुका जनप्रतिनिधिहरु बताउँछन्।

भर्खरै

सम्बन्धित खबर

Language »